गण्डकीसमाचार

गोरखामा बस दुर्घटना हुँदा १८ घाइते, ४ जना गम्भीर

गण्डकी खबर ।      गोरखामा बुधबार बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

जिल्लाको भिमसेन थापा गाउँपालिका तान्द्राङस्थित गोरखा आरुघाट सडक खण्डको मुरली भञ्ज्याङमा काठमाण्डौबाट गोरखाको सोतीतर्फ जाँदै गरेको ग १ ख ९४४६ नं. को बस सडकबाट २० मिटर तल खसेर दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उपचारका लागि काठमाण्डौं लगिएको गण्डकी प्रदेश प्रहरी काार्यलय पोखराले जनाएको छ । २ जनालाई आरुघाट स्वास्थ्य चौकी र १२ जना सामान्य उपचारपछि घर फर्केका छन् । बसमा ३१ यात्रु  सवार रहेको प्रहरीले जनाएको छ । वसका चाल र सह-चालकसमेत घाइते भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button