Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»पोखरामा पुष १५ देखि सडक महोत्सव हुने

    पोखरामा पुष १५ देखि सडक महोत्सव हुने

    गण्डकी खबरगण्डकी खबर२ पुष २०७७, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।   अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुँदै आएको पोखरा सडक महोत्सव पुष १५ देखि हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना गर्ने महोत्सव यस वर्ष ३ दिनसम्म आयोजना गर्न लागिएको हो । महोत्सवमा कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने बताइएको छ ।

    बुधबार पोखरामा रेवानले गरेको पत्रकार सम्मेलनमा विषम परिस्थिति भए पनि महोत्सवलाई निरन्तर दिन लागिएको आयोजकले जानकारी दिएको छ । महोत्सव विगत २१ वर्षदेखि पोखराको लेकसाइडमा आयोजना हुँदै आएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै रेवानका अध्यक्ष लक्ष्मण बरालले कोभिड १९ को संक्रमणका कारण ९ महिनादेखि पर्यटनसँग सम्बन्धी कुनै गतिविधि हुन नसकेको कारण व्यवसाय चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो । “स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउनुको विकल्प छैन” अध्यक्ष बराल भन्नुहुन्छ । महोत्सवको आयोजनाबाट पोखरा र यस आसपासको पर्यटन व्यवसाय खुला गर्न योगदान हुने पनि उहाँको भनाइ छ । विगतका वर्षहरुमा महोत्सव ५ दिनसम्म आयोजना गरिन्थ्यो । तर यस वर्ष विभिन्न पक्षसँगको छलफल पश्चात स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै छोटो समय तय भएको उहाँले जानकारी दिनु भयो ।

    २२ औं पोखरा सडक महोत्सवका संयोजक वसन्त गौतमले यस पटक तडकभडक र ठूलो तामझाम नगरिकन कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो । संयोजक गौतमले भन्नुभयो “  महोत्सवबाट हामीले  पोखरा खुल्लै छ र पर्यटन व्यवसायी पर्यटकहरुलाई स्वागत गर्न तयार हुनुहुन्छ भन्ने सन्देश दिन खोजेका हौँ ।”  महोत्सवको आयोजनाबाट सुस्ताएको पर्यटन क्षेत्रमा गतिशिलता दिइ व्यवसायीमा उत्साह थप्न सकिने विश्वास आयोजकको रहेको गौतमले बताउनुभयो ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराईले एक हप्ताभित्र पोखराका प्रमूख पर्यटकीय क्षेत्रहरु खुल्ने जानकारी दिनु भयो । विहिबारबाट पोखराको फेवातालमा रहेको प्रसिद्ध तालवाराही मन्दिर खुल्ने र अन्य मन्दिर, गुफा र भ्यू टावर पनि क्रमशः खुलाउन सरोकारवाला सकारात्मक भएको परिषद् अध्यक्ष भट्टराईको भनाइ छ ।

    त्यसैगरी रेवानका सल्लाहकार सुर्य भूजेलले सडक महोत्सवमा आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहने विश्वास व्यक्त गर्नु भयो । कोभिड संक्रमणका कारण ९ महिनादेखि घुमफिर गर्न नपाएका पर्यटकहरु महोत्सवका कारण उत्साहित भएको उहाँको भनाइ छ ।

    रेवानका महासचिव विकास भट्टराईले संचालन गरेको कार्यक्रममा महोत्सवका सहसंयोजक तथा रेवानका सचिव भिष्म राज पौडेलले महोत्सवमा अपनाइने स्वास्थ्य सुरक्षा मापदण्डका बारेमा प्रकाश पार्नु भएको थियो ।

    यसवर्षको महोत्सवमा कोमागाने पार्कमा कुनै पनि कार्यक्रम आयोजना नगरिने, ३ बजेदेखि १० बजेसम्म सडकमा यातायातका साधन नचलाइ सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरी लाइभ ब्याण्डको कार्यक्रम यस वर्ष नहुने भएको छ । विभिन्न खेलकूदका कार्यक्रमलाई भने निरन्तरता दिने आयोजकले जानकारी दिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.