गण्डकी खबर । लमजुङमा एक युवतीलाई गोबर ग्याँसको सेफ्टी ट्याङ्की भित्र मृत अवस्थामा भेटिएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका-४ चारघरेस्थित निवासी २६ वर्षीया धनमाया मगरको आफ्नै घर नजिकै रहेको गोबर ग्याँसको ट्याङ्की भित्र शव फेला परेको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार बुधबार बिहान मगरको शव ट्याङ्कीबाट वाहिर निकालिएको र घटनाको बारेमा अनुसन्धान शुरु गरिएको छ ।
गण्डकी खबर२०७७ पुष २, बिहीबार