गण्डकीसमाचार

पोखरामा कोरोना संक्रमणबाट थप १ पुरुषको मृत्यु

गण्डकी खबर ।     कोरोना संक्रमणबाट पोखरामा थप एक पुरुषको मृत्यु भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-३ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बिहान ४. १५ बजे उपचारकै क्रममा मृत्यु भएको हो । मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमान्चल  क्षेत्रीय अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा  उपचार गराइरहनु भएको थियो ।

उपचारकै क्रममा उहाँको बिहीबार बिहान मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिनु भयो ।

उहाँमा  निमोनिया र उक्त रक्तचापका समस्या समेत रहेको बताइएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मिर्त्यु हुनेको संख्या  १ सय ८७ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button