गण्डकीसमाचार

दुई अध्यक्ष ओली र दाहाल बीच भेटवार्ता

गण्डकी खबर ।     प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उहाँको निवास खुमलटार पुग्नुभएको छ । पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न उहाँ प्रचण्ड निवास पुग्नुभएको हो ।

प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्री ओली केही समयअघि त्यहाँ पुग्नुभएको हो । उहाँहरुबीच अहिले एक्लाएक्लै छलफल भइरहेको संयोजक सापकोटाले बताउनुभयो । दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल भइरहेको छ ।

यसैबीच पार्टीका नेता बामदेव गौतम पनि दाहाल निवास पुगेका छन् ।  भोलि (आइतबार) स्थायी कमिटी बैठक डाकिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button