Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»चिसोको जोखिम कम गर्न जिल्लामा रु १५ लाखसम्म पठाइने

    चिसोको जोखिम कम गर्न जिल्लामा रु १५ लाखसम्म पठाइने

    गण्डकी खबरगण्डकी खबर५ पुष २०७७, आईतवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।    शीतलहर, हिमपात तथा चिसोको जोखिम र प्रभाव न्यूनीकरण गर्न केन्द्रीय विपद् व्यवस्थापन समितिले यस वर्ष जिल्लामा तत्कालका लागि रु पाँचदेखि रु १५ लाखसम्म राहत रकम उपलब्ध गराउने भएको छ । माग भएमा प्रभावित जिल्लाअनुसार उक्त रकम उपलब्ध हुने गृह मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार तराईका र बढी प्रभावित ११ जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रु १५ लाखसम्म उपलब्ध गराइनेछ । त्यसरी रकम प्राप्त गर्ने जिल्लामा सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी र कपिलवस्तु रहेका छन् । बाँकी तराईका अन्य जिल्ला र भित्री मधेशका ११ जिल्लामा रु १० लाखका दरले रकम उपलब्ध हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिनुभयो ।

    उहाँका अनुसार २१ हिमाली जिल्लाका लागि रु सात लाख र बाँकी ३४ पहाडी जिल्लाका लागि रु पाँच लाखका दरले रकम उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । “राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार जिल्लाबाट माग भएमा उक्त रकम केन्द्रबाट जिल्लास्थित विपद् कोषमा पठाइने छ, जिल्लास्थित विपद् कोषमा रकम भएको खण्डमा त्यसैबाट पनि परिचालन गर्न सकिन्छ”, गौतमले भन्नुभयो ।

    सरकारबाट स्वीकृत भएको ‘शीतलहर तथा चिसो प्रभावित विपन्न समुदायको पहिचान तथा राहतसम्बन्धी मापदण्ड २०६९’ अनुसार उक्त रकमबाट कम्बल, दाउरा, हिटर, न्यानो कपडाजस्ता राहत सामग्री आवश्यक पर्दा तत्काल उपलब्ध गराइनेछ । कार्यक्रम कार्यान्वयन गर्दा भने प्रदेश सरकारसँग समन्वय गरी दोहोरो नपारी गर्नुपर्ने छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले चिसो मौसममा ज्येष्ठ नगरिक, बिरामी, बालबालिका, सुत्केरी, तथा गर्भवती, घरबारविहीन तथा अतिविपन्न वर्ग र विपद् प्रभावितलाई बढी असर पर्ने भएकाले उक्त समूहलाई विशेष सम्बोधन हुनेगरी कार्यक्रम सञ्चालन गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशनसमेत दिएको छ ।

    यसअघि बसेको समितिको बैठकले भविष्यमा हुनसक्ने ठूला विपद्का समयमा राष्ट्रले अपनाउनुपर्ने अध्यागमन, भन्सार र क्वारेन्टिनसम्बन्धी मापदण्ड तथा कार्यविधि अद्यावधिक गरी पेश गर्नसमेत सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेको छ । गृहमन्त्रालयले जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शन २०७७’ स्वीकृत गरी लागू गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.