गण्डकीसमाचार

पोखरामा सडक छेउको नालामा पुरुषको शव फेला

गण्डकी खबर ।पोखरामा सोमबार सडक छेउको नालामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

पोखरा-१६ लामाचौरस्थित घाटीपाटनको कच्ची सडक छेउको नालामा अन्दाजी ३५/४० वर्षको पुरुष व्यक्तिको शव फेला परेको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार ती व्यक्तिको नामथर खुल्न सकेको छैन् । घटनाको बारेमा अनुसन्धान अगाडि वढाइएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button