गण्डकीसमाचार

फुटबल खेलाडी बिमल घर्तिमगर गम्भीर घाइते

गण्डकी खबर । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर गम्भीर घाइते हुनुभएको छ । आइतबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उहाँको घुँडामा चोट लागेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उहाँको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने प्रवक्ता राईले बताउनुभयो ।

यसअघि विश्वकप छनोटको क्रममा बिमल तीन महिना अनुशासनको कारबाहीमा पर्नुभएको थियो । उहाँ लामो समयको पखाइपछि बन्द प्रशिक्षणमा फर्किनुभएको हो । पछिल्लो समय बिमल मछिन्द्र क्लबमा आबद्ध हुनुहुन्छ ।

  

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button