गण्डकीसमाचार

निर्वाचन पर्यवेक्षण निकायका निर्देशकको हत्या

गण्डकी खबर ।  अफगानिस्तानको निर्वाचन पर्यवेक्षणसम्बन्धी एक राष्ट्रिय स्वतन्त्र निकायका कार्यकारी निर्देशकको हत्या भएको छ ।

देशको राजधानी काबुलमा उहाँलाई गोली प्रहार गरी बुधबार हत्या गरिएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् ।

निर्वाचन पर्यवेक्षणसम्बन्धी निकायको रूपमा रहेको “स्वतन्त्र तथा निश्पक्ष निर्वाचन फाउन्डेसन, अफगानिस्तान (एफईएफए)” का कार्यकारी निर्देशक मोहम्मद युसाफ रशिदको हत्या भएको हो ।

काबुल प्रहरीका प्रवक्ता फेर्डौस फारामार्जले सिन्ह्वालाई दिएको जानकारीअनुसार हतियारधारीहरूले कार्यकारी निर्देशक रशिदलाई काबुलको चिहिल्स्टुन क्षेत्रमा गोली प्रहार गरेका हुन् ।

सवारी साधनमा हिँडिरहेका बेला गोली प्रहार गरेको र त्यति बेला सवारी साधनमा उहाँसँगै सवारी चलक पनि रहेका थिए । घटनामा परी ती चालक गम्भीर घाइते भएको र अहिले काबुल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

घटनाका बारेमा यो समाचार लेख्दासम्म कसैले जिम्मेबारी नलिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

ठूलो जनसङ्ख्या रहेको राजधानी काबुलमा लगातार भएको यो घटना पछिल्लो अर्को नराम्रो घटना भएको बताइएको छ ।

यसअघि गत मङ्गलबार मात्रै राजधानी काबुलमा भएको विस्फोटनको घटनामा परी दुई महिला चिकित्सकसहित चार जनाको मृत्यु भएको थियो भने अरु केही घाइते भएका थिए । त्यही दिन एक सैनिक उच्च अधिकारीको पनि गोली हानी हत्या भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button