गण्डकीसमाचार

आफैले चलाउने बोलेरोले चालकको ज्यान लियो

गण्डकी खबर ।  भोजपुर नगरपालिका-५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ ।

आज बिहान ६ः३० बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आफैँ साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको प्रहरीको भनाइ छ । तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button