Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»नेत्र सहायक राई ४४ दिनदेखि बेपत्ता

    नेत्र सहायक राई ४४ दिनदेखि बेपत्ता

    गण्डकी खबरगण्डकी खबर१० पुष २०७७, शुक्रबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    eQmk'/, !) k'; -/f;;_ M ltnu+uf cfFvf c:ktfnsf] tkm{af6 l;Gw'kfNrf]ssf] afx|la;] gu/kflnsfl:yt afx|la;] k|fylds :jf:Yo s]Gb|df g]q ;xfosdf sfo{/t $$ lbgb]lv a]kQf @% jifL{o k'hg /fO{ . k|x/L, dfgj clwsf/sdL{, kqsf/ tyf cfkmGtnfO{ a]kQf /fO{sf] vf]hL ul/lbg kl/jf/n] cg'/f]w u/]sf 5g . tl:j/ M ;f}hGo M /f;;
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  नेत्र सहायक पुजन राई ४४ दिनदेखि बेपत्ता भएका छन् ।

    तिलगङ्गा आँखा अस्पतालका तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकमा कार्यरत २५ वर्षीय राई ४४ दिनदेखि बेपत्ता भएका हुन् ।

    आफन्तसहित रासस कार्यालय भक्तपुरमा आज आइपुग्नुभएका बेपत्ता राईका पिता भोजपुर हतुवागढीका लालकुमारले बेपत्ता छोराको खोजी गरिदिन प्रहरी, मानव अधिकारकर्मी, पत्रकार तथा आफन्तजनलाई अनुरोध गर्नुभएको छ ।

    बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा गत माघदेखि नेत्र सहायकका रुपमा कार्यरत राई गत कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रबाट साथी भेट्न भन्दै भोटेकोशी गाउँपालिका चाकु गएपछि नफर्केको उहाँले जानकारी दिनुभयो । २०७६ माघदेखि त्यहाँका बासिन्दालाई आँखाको उपचारमा सेवा पु¥याउने उद्देश्यले अस्पतालले पठाएपछि स्वास्थ्य केन्द्रमा कार्यरत राई केन्द्रसँगैको घरमा भाडामा बस्दै आएका थिए ।

    बेपत्ता राईका परिवारका अनुसार कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रका फार्मेसीमा कार्यरत सृष्टि श्रेष्ठसँग आफ्नै को.२१प. ५७९९ नंको मोटरसाइकलमा बाह्रबिसेको पुल नजीकैसम्म गएको र त्यहाँबाट एक्लै भोटेकोशी गाउँपालिकास्थित चाँकुमा साथी राकेश श्रेष्ठलाई भेट्न गएकामा त्यसै दिनदेखि बेपत्ता भएका हुन् ।

    आफन्तले बाह्रबिसेदेखि चाकुसम्म पुगेर खोजतलास गर्दा राकेशलगायत चारजनासँगै बसेर खानपान गरेपछि राकेश र राईले हिन्दी गएर चाकु फर्केपछि बाह्रबिसे कोठातर्फ फर्किएको भनिए पनि कोठामा नआइपुगेको पिता लालकुमारले जानकारी दिनुभयो । उहाँका अनुसार सोही दिन राति ८ः३० बजेसम्म काठमाडौँ बस्ने दिदीले दुईवटै नं मा फोन गर्दा घण्टी गएको तर नउठाएको र मङ्सिर २८ गते पनि फोन जाने तर नउठाउने र पछि स्विच अफ भएको मोबाइल अहिलेसम्म खुलेको छैन ।

    लालकुमारले भन्नुभयो, “छोरासँग सम्पर्क नभएपछि तत्कालै बाह्रबिसे पुगेर कतै दुर्घटना पो भयो कि भनेर बाह्रबिसेदेखि भोटेकोशी, चाकु सबैतिर खोजी गरिसक्यौँ, सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि मान्छे, मोटरसाइकल केही भेटिएन, शङ्कास्पद व्यक्तिमाथि किटानी जाहेरी दिँदा प्रहरीले जाहेरी लिएन ।”

    तिलगङ्गा आँखा अस्पतालमा कार्यरत उहाँका आफन्त कैलाश राईले बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रदेखि भोटेकोशीसम्म खोज्दा पनि नभेटिएको बताउँदै बाह्रबिसे नगरपालिका, यहाँको स्वास्थ्य केन्द्र, प्रहरी सबैतिर खोजी गरिदिन आग्रह गरेपनि अझै पत्ता नलागेको बताउनुभयो ।

    यस बारेमा बाह्रबिसे प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाहसँग सम्पर्क गर्दा उहाँले सम्भावित एवं शङ्कास्पद सबै ठाउँमा खोजी गर्दा पनि बेपत्ता राईको पत्तो नलागेको बताउनुभयो । उहाँले जनप्रतिनिधिसहितको सहयोगमा भोटेकोशीको खोला किनारादेखि सम्भावित अन्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको, मोबाइलको अन्तिम लोकेशन जिरो किलोसम्म देखिएकाले काभ्रेको प्रहरीलाई समेत खबर गरी खोजी भइरहेको जानकारी दिनुभयो ।

    शङ्कास्पद व्यक्तिहरु, बेपत्ता राईसँग नजीक रहेका भनिएका सृष्टिदेखि राकेश श्रेष्ठलगायत अन्यसँग सोधपुछ र निगरानी गरिरहेको जानकारी दिँदै खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.