गण्डकीसमाचार

पार्टी एकीकरणका दिनदेखि प्रचण्डको षडयन्त्र नेता बस्नेत

गण्डकी खबर ।  नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्नेतले पार्टी एकीकरणदेखि नै पुष्पकमल दाहाल प्रचण्डले षडयन्त्रका तानाबाना बुनेको बताउनु भएको छ ।

पार्टीको ओली समूहका केन्द्रीय सदस्य बस्नेतले एकता प्रक्रियाका सहमति पूरा गर्ने भन्दा पनि अवरुद्ध गर्नतिर प्रचण्ड लागेकाले समस्या उत्पन्न भएको धारणा राख्नु भएको छ ।

पोखरामा युवा संघ कास्कीले राखेको पत्रकार भेटघाटमा बोल्दै उहाँले दुईटा पार्टीको एकता प्रक्रियामा भएका सहमतिका आधार आगाडि नबढि प्रचण्डले तत्कालिन एमालेका केही नेता च्यापेको प्रतिक्रियादिनु भयो । “मुलतः विधानमै उल्लेख भएको दुईटा पार्टीको एकता महाधिवेशन नटुंगिन्जेल सहमतिकै आधारमा जाने, दुईटा अध्यक्षका वीचमा एजेण्डामा सहमति गर्ने, निर्णयमा सहमति गर्ने र महाधिवेशनसम्म सहमतिमा पुग्ने भन्ने कुरा थियो ।” उहाँ भन्नुहुन्छ,“त्यो कुरामा उहाँ(प्रचण्ड)ले धोका दिनु भयो र तत्कालिन एमालेभित्रका माधव नेपाल र झलनाथ खनाल कमरेडलाई च्यापेर पार्टी विभाजन गर्नु भयो ।”

नेकपाभित्र आन्तरिक विवाद बढ्दै गए पछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नु भएको थियो । त्यस यता पार्टीमा ओली समूह र अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधव समूहहरुले छुट्टा छुट्टै बैठक गरी एकअर्कालाई कारवाहीको घोषणा गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा अहिले सर्वाेच्चमा पुगेको छ भने पार्टी विवाद निर्वाचन आयोगमा छ ।

नेकपाको अर्काे समूह पनि निर्वाचन प्रक्रियातिर लागि सकेको भन्दै नेता बस्नेतले चुनाव चिन्ह सूर्यको दावी गरिनु त्यसै अन्तर्गतको कार्य भएको बताउनु भयो । तर प्रधानमन्त्री ओलीको लोकप्रियताका कारण नभइ वामगठबन्धनका कारण निर्वाचनमा जनमत आएको दावी प्रचण्डले गरिरहेको भन्दै गोलाकार भित्रको चुनाव चिन्ह लिएर जनतासमक्ष जान पनि उहाँले चुनौति दिनु भयो । अर्काेको ठूलो घर देखाएर दुलही भित्र्याए जस्तै सूर्य चुनाव चिन्ह लिन खोज्नु प्रचण्ड समूहका लागि राजनैतिक र नैतिक दृष्टिले उपयुक्त नहुने बस्नेतको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button