गण्डकी खबर । इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका-७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई राप्ती नगरपालिका-४ झरना जाने सडकबाट पक्राउ गरिएको हो । जाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी ल्याइएको छ ।
गण्डकी खबर२०७७ पुष ११, शनिबार