गण्डकी खबर । पोखरामा सोमबार आयोजित रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको छ ।
पोखरा चेम्बर अफ कमर्स कास्कीको दोश्रो वार्षिकोत्सवको अवसरमाआयोजित घुम्ती रक्तदान कार्यक्रममा उक्त युनिट रगत संकलन भएको हो । चेम्बरको चिप्लेढुंगा महेन्द्रपुल इकाईले गरेको रक्तदानको शुभारम्भ गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले गर्नुभएको हो ।
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले निजी क्षेत्रको तर्फबाट संस्थागत रुपमा सामाजिक उत्तरदायित्वको काम गरेको बताउनुभयो । क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले पोखरामा रगत अभाव भएकोले खुल्ला रक्तदानको कार्यक्रम गर्न सबै संघ संस्थालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा चेम्बर अफ कमर्स कास्कीका वरिष्ठ उपाध्यक्ष गीता तिवारी गौतम, वाणिज्यतर्फका उपाध्यक्ष यमनाथ पौडेल, बस्तुगत तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला, सचिवालय सदस्य रवीबहादुर विक, कार्य समितिका सदस्य विक्रम पन्त, चिप्लेढुंगा सिद्धार्थचोक व्यापारी एशोसियसनका अध्यक्ष डिबी भुजेल लगायते आफ्नो भनाई राखेका थिए