Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»मन्त्रीको आग्रह सही र सत्य सूचना दिनुहोस

    मन्त्रीको आग्रह सही र सत्य सूचना दिनुहोस

    गण्डकी खबरगण्डकी खबर१४ पुष २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    sfo{ef/ ;dfNb} dGqL 9sfn sf7df8f}F, !@ k';M ;+:s[lt, ko{6g tyf gful/s p•ogdGqL efg'eQm 9sfn l;+xb/af/l:yt dGqfnodf cfOtaf/ sfo{ef/ ;dfNb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन आग्रह गर्नुभएको छ ।

    मंगलबार मन्त्रालयमा नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका कर्मचारीहरुबाट ब्रिफिङ लिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले नयाँ मन्त्रीलाई केही थाहा छैन र हामीले भनेको मान्छ भन्ने आधारमा सही कुरालाई बेठीक ढंगले सल्लाह नदिन आग्रह गर्नुभएको हो । ठिकलाई ठीक र बेठीकलाई बेठिक भन्न नडराउन समेत आग्रह गर्नुभयो ।

    यस्तै मन्त्रीले गर्ने काम र निर्णयहरु कर्मचारीले दिने सुझावमा भर पर्ने भएकाले पनि राम्रो नतिजा निकाल्नका लागि ठिक सुझाव मात्रै दिन आग्रह गर्नुभएको हो । मन्त्री ढकालले यस अघि भएका सबै राम्रा कामलाई निरन्तरता दिने समेत बताउनुभयो । तर समय परिस्थिति अनुसार बदलिएका विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत हुने पनि मन्त्री ढकालले बताउनुभयो । यस्तै व्यक्तिगत हितको लागि भन्दापनि संस्थाको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गर्न समेत आग्रह गर्नुभयो ।

    परिवर्तिन राजनीतिक घटनाक्रमका कारण प्रतिनिधि सभा नभएको अवस्थामा नयाँ कानून निर्माण गर्न नसकिने भएकाले कानूनी सुधार भन्दा पनि अन्य विषयमा केन्द्रीत भएर काम गर्न पनि मन्त्री ढकालले आग्रह गर्नुभयो । केही गठन आदेशबाट हुन सक्ने काम गर्न सकिने तर ऐन नियम निर्माण गर्न प्रतिनिधि सभा नभएको अवस्थामा कानून निर्माणका आधार मात्रै तयार गर्न सकिने पनि बताउनुभयो । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा हालसम्म लागू भएका कार्यक्रम र आगामी रणनीतिको बारेमा ब्रिफिङ गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.