Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»प्रदेशसभा विघटनका पक्षमा छैनौँः मन्त्री कार्की

    प्रदेशसभा विघटनका पक्षमा छैनौँः मन्त्री कार्की

    गण्डकी खबरगण्डकी खबर१६ पुष २०७७, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

     गण्डकी खबर। प्रदेश नं १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेशसभा विघटनका पक्षमा नभएको बताउनुभएको छ । यहाँ बुधबार आयोजित पत्रकार भेटघाटमा उहाँले मुख्यमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने अवस्था भए पनि त्यसो नगरी प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावको सामना गरिने दृढता व्यक्त गर्नुभयो ।

    आगामी माघ ७ गते प्रदेशसभा बैठक आह्वान भइसकेको जानकारी दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले प्रदेशसभा विघटन गरी प्रदेशका संरचनालाई अस्थिर नबनाइने स्पष्ट गर्नुभयो ।

    उहाँले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव हतारोमा आएको टिप्पणी गर्दै नेकपा कानूनी रुपमा विभाजित नभएको र अविश्वास प्रस्ताव सामान्य कुरा भएको जनाउनुभयो ।

    अविश्वास प्रस्ताव रीतपूर्वक पेश भएपछि नेकपाकै अर्का समूहसँग वा नेपाली कांग्रेससँगको सहकार्यमा सरकार गठन गर्ने भन्ने टुङ्गोमा त्यतिबेला नै पुग्ने जनाउँदै मन्त्री कार्कीले केन्द्रदेखि प्राविधिक रुपले पार्टी विभाजन भइसकेकाले तत्काल एकता हुन सक्ने सम्भावना कमजोर रहेको स्पष्ट गर्नुभयो । नेकपाका केन्द्रीय सदस्य कार्कीले वैचारिक नभई पदीय लडाइँका कारण राजनीतिक रुपमा पार्टी विभाजित हुन पुगेको धारणा राख्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.