Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»प्रतिगमनलाई रोक्न संसद विघटन गरे-प्रधानमन्त्री ओली

    प्रतिगमनलाई रोक्न संसद विघटन गरे-प्रधानमन्त्री ओली

    गण्डकी खबरगण्डकी खबर१८ पुष २०७७, शनिबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

     गण्डकी खबर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताउनुभएको छ ।

    शनिबार काठमाडौंमा आयोजित नेपाल कमयुनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको मात्रै भएको बताउनुभएको हो । प्रचण्ड-माधव पक्षले प्रतिगमनकारी क्रियाकलाप गरि प्रतिगमनको तयारी गरिहेकोले त्यसलाई रोकन प्रतिनिधि सभा विघटन गरेको पनि बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘उहाँहरु प्रतिगमनकारी क्रियाकलाप गरिरहनु भएको थियो र प्रतिगमन तर्फको यात्रा गरिरहनु भएको थियो । खास प्रतिगमनको तयारी गरिरहनु भएको थियो । हामीले प्रतिगमन रोक्नु थियो । त्यसलाई ब्रेक लगाउनु थियो । आन्दोलनलाई भीरबाट तल खसाल्न खोज्नु भएको थियो । त्यसलाई रोक्नु थियो । हामीले स्टेरिङ्ग सोझ्याउनु थियो । हामीले स्टेरिङ्ग सोझ्याएका हौं ।’

    प्रधानमत्री ओलीले पार्टीलाई प्राप्त भएको दुई तिहाईलाई फुटाएर विभिन्न तत्वहरुसँग भित्री साँठगाँठ गरेर जोडजाम गरेको पुतली सरकार बनाउने प्रयास गरिएको समेत बताउनुभयो । दुई तिहाईको सरकार ढाल्ने, पार्टीको एकता भताभुङ्ग पार्ने र विभिन्न रंगीविरंगी तत्वहरु जोडेर सरकार बनाउने र हर्स ट्रेडिङको खेल शुरु गर्ने र सँधै अस्थिरता गर्ने प्रयासमा प्रचण्ड-माधव पक्ष लागेको बताउनुभयो । देशमा जनताको इच्छा अनुसारको काम गर्ने र जनतालाई माया गर्ने सरकार चाहिएको हुनाले संसद विघटन गरिएको पनि बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले सभामुखले तीनवटा अधिवेसन अगाडि सरकारले राखेका प्रस्ताव प्रस्तुत नगरिदिएको र तीन वर्ष देखिका विधेयक समितिमा अडकाउने काम गरेको समेत बताउनुभयो । सरकारलाई असफल देखाउन तीन वर्ष देखिका विधेयकलाई समितिमा रोकेर राखिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘संसदमा सरकारले निर्णयका लागि पेश गरेका प्रस्तावहरु प्रस्तुत हुँदैनन् ।

    सभामुखले तीनवटा अधिवेशन भए, तीनवटा अधिवेसन अगाडि सरकारले राखेका प्रस्ताव निर्णायर्थ प्रस्तुत हुँदैनन । तीन वर्ष अगाडि देखि राखेका प्रस्तुत गरेका विधेयक समितिमा लगेर अल्झाइदिएको छ अल्झाइदिएको छ । समितिबाट अगाडि बढ्दैन । किन भने सरकारलाई असफल देखाउन । त्यस प्रकारको स्थितिबाट देशलाई अगाडि बढाउनका लागि लोकतान्त्रिक विधिबाट देशलाई अगाडि बढाउनका लागि अस्वस्थ सडयन्त्रको चक्रव्युहमा देशलाई फस्न नदिनका लागि यो प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको घोषणा गर्नुपरेको हो ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनरस्थापना गर्न सम्भव नभएको पनि बताउनुभयो । ६४ प्रतिशत समर्थन रहेको दलको नेताले सरकार चलाउन्न भनेपछि ताजा जनादेश चाहियो भनेर निर्वाचन घोषणा गरिसकेपछि प्रतिनिधि सभा पुनरस्थापना हुनै नसक्ने उहाँले  बताउनुभयो । बहुमत प्राप्त सरकार प्रमुखलाई संसद विघटन गर्ने अधिकार संविधानले दिएको पनि बताउनुभयो ।पोखरा न्यूज

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.