गण्डकीसमाचार

कष्टकर जीवन बिताइरहेका ९ को उद्धार

गण्डकी खबर ।  सडकमा कष्टकर जीवन बिताइरहेका नौ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिकाबाट पाँच र शुक्लागण्डकी नगरपालिकाबाट चार सडक मानवको मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो ।

स्थानीय तह र डिसु नेपालको सहयोगमा आश्रमले शुक्रबार व्यास र शनिबार शुक्लागण्डकीबाट उद्धार गरेको जनाएको छ । यतिबेला सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमले मेची-महाकाली उद्धार अभियान चलाएको अभियानकर्मी राजन सापकोटाले जानकारी दिनुभयो ।

यो अभियान पुस ७ गते शुरु भएको थियो भने माघ ७ मा सकिनेछ । सापकोटाका अनुसार गण्डकीमा पनि सहाराविहीन सडक मानवको उद्धार अभियान जारी छ । “खाना, नाना र छानाको अभावमा तड्पिरहेकालाई उद्धार गरिरहेका छौँ”, उहाँले भन्नुभयो । कास्कीको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा हाल १२८ जनाले आश्रय पाएका छन् ।पोखरा न्यूज”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button