
गण्डकी खबर । कोरोना संक्रमणका कारण पोखरामा एक जना महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार स्याङ्जा पुतलीबजार नगरपालिका ७ की ८२ वर्षीय महिलाको शनिवार राती उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उहाँको शनिवार राति पौने ८ बजे उपचारका क्रममा निधन भएको थियो ।
संक्रमित महिललाई पुष १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा कोभिड न्युमोनियाको समस्या रहेको पनि निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार शनिवार भएको वहाँको निधनसँगै गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या १९३ पुगेको छ।पोखरा न्यूज