गण्डकी खबर । पोखराको जिरो किलोमीटर नजिकै आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
पोखरा-८ स्थित पृथ्वी राजमार्ग बस संचालक कम्पनि प्रा.लि.को कार्यालय नजिकै जिरोबाट पृथ्वीचोक तर्फ आउदै गरेको ग १६ प ४५३ नं. को मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको सेतो रङको कारले बिहान ५.१५ बजे ठक्कर दिएको हो ।
दुर्घटनामा गोरखा गण्डकी गाउँपालिका-४ घरभई पोखरा-५ पस्र्याङ बस्दै आएका मोटरसाइकल चालक २९ वर्षीय सन्तोष बराम घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिनुभयो । बरामको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने कार फरार रहेकोले खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । पोखरा न्युज “