गण्डकीसमाचार

स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ सहित २ जना पक्राउ

गण्डकी खबर । नेपाल प्रहरीले आज सोमबार काठमाण्डौंको थानकोटबाट स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलिले विहान साढे चारबजेको समयमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा कपिलबस्तुबाट काठमाण्डौतर्फ आउदै गरेको प्रदेश ३ -०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कारलाई चेक जाँच गर्ने क्रममा सो रकम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

रकम सहित उक्त कारमा सवार भारत गोरखपुर घण्टाघर घर बताउने बर्ष ३० को अमित कुमार गुप्ता नाम बताउने व्यक्ति र कपिलबस्तु जिल्ला बाँडगंगा नगरपालिका ४ बस्ने बर्ष २२ को संगम थारुलाई पक्राउ गरेको छ । पक्राउ परेका थारू कार चालक हुन् । बरामद रकम मध्ये कारको डिक्किमा स्पेयर टायरमुनि र कारको बिभिन्न भागमा लुकाईछिपाई ३ वटा झोलामा ल्याएको अवस्थामा रू १ करोड ४७ लाख रूपैया बरामद भएको हो भने अमित कुमार गुप्ताको साथबाट रू ८६ हजार रूपैया बरामद भएको पनि प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उक्त रकम भारतबाट नेपालमा भारतीय रूपैया ल्याई सीमा क्षेत्रमा पटक पटक गरी सटही गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त कार र बरामद गरिएको रकम सहित पक्राउमा परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि सम्पत्ति शुद्दिकरण बिभाग पठाईएको पनि प्रहरीले जानकारी दिएको छ ।

यसैगरी नागढुंगा चेकप्वाईन्टबाट गत कार्तिक २१ गते श्रोत नखुलेको रकम ४० लाख रुपैयाँ सहित लु१ख ८६५२ नं को यात्रुबाहक बसका यात्रु पश्चिम नवलपरासी पाल्हिनन्दन गाँउपालिका वडा नं २ घर हुने वर्ष ४० को ब्यास गुप्तालाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ति शुद्दिकरण विभाग हरिहरभवनमा पठाइएको पनि प्रहरीले बताएको छ ।  पोखरा न्यूज ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button