
गण्डकी खबर । पोखरामा ज्यामी काम गर्दै आएका एक मजदुर मृत अवस्थामा भेटिएका छन् ।
पोखरा-२० भलाम स्थित अम्मरबहादुर क्षत्रीको स्वामित्वमा रहेको टिनको छाप्रोमा बस्दै आएका नाम थर नखुलेका अन्दाजी ५०/५१ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा भेटिएका हुन् ।
उनी टिनको छाप्रोमा मृत भेटिएपछि घटनाको बारेमा अनुसन्धान शुरु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताउनुभयो ।पोखरा न्यूज