Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»माघेसङ्क्रान्ति नजिकिएसँगै थारू र मगर बस्तीमा चहलपहल

    माघेसङ्क्रान्ति नजिकिएसँगै थारू र मगर बस्तीमा चहलपहल

    गण्डकी खबरगण्डकी खबर२१ पुष २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारू जाति र मगर बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारू र मगर बस्तीमा तिलासक्रायत पनि भनिने माघेसङ्क्रान्ति पर्वको चहलपहल बढेको हो ।

    महोत्तरीसहितका मिथिला क्षेत्रका थारू बस्तीमा यस पर्वका लागि माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहोमा लागेका छन् । पर्वका लागि छोरीचेली, ज्वाइँचेला र भाञ्जाभाञ्जीलाई डाक्न थालिएको पाका थारूको भनाइ छ । “अब पवनी (पर्व) आई त हाल्यो”, चिउरा कुट्न धान भिजाउँदै गरेकी भङ्गाहा नगरपालिका–४ रामनगरको थारूटोलकी रसिया थारूले भन्नुभयो, “सबै कुराको जोगार (जोहो) मा लाग्नुपर्यो नि ।” पर्व नजिकिएसँगै थारू बस्तीका घरघरैजसो सर्जाम (पर्वका लागि आवश्यक वस्तु) जुटाउने चटारो बढेको रसिया बताउनुहुन्छ ।

    त्यसैगरी जिल्लाको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेको मगर समुदायमा पनि माघेसङ्क्रान्ति पर्वको तयारी बढेको छ । मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी र मितमितिनीलाई चाडमा डाक्ने चलन छ । महोत्तरीका उत्तरी क्षेत्रका बर्दिवास र गौशाला नगरपालिकाका सबैजसो बस्तीमा मगर समुदायको बाक्लो बसोबास छ । यसैगरी बर्दिवासका केही बस्ती, गौशाला, भङ्गाहा र रामगोपालपुर नगरपालिका क्षेत्रमा थारू बसोबासको बाहुल्य छ ।

    पर्व नजिकिँदै गर्दा थारू र मगर बस्तीमा टाढाटाढा काममा गएकाहरु घर आउने क्रम शुरु भएको छ । जिल्लामा भङ्गाहा नगरपालिकाका सबैजसो बस्ती थारू बसोबास बाहुल्यका छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर, बर्दिवासको मेघरोल र रामगोपालपुर नगरपालिकाको बिश्वम्भरपुर थारू बसोबासका बस्ती हुन् ।

    थारू र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजातिमा पनि यो पर्वको तयारी बढेको छ । पर्व मुखमै आइपुग्दा जिल्लाका बजारमा पर्वविशेषका सामग्रीको बजार जमेको छ । महोत्तरीसहितका मिथिला क्षेत्रमा मकरसङ्क्रान्ति र तिलासक्रायत पनि भनिने यो पर्वमा खास महत्वको मानिने तिल, सक्खर (मिठ्ठा), चिउरा र मुरीको बजार बाक्लै जम्न लागेका छन् । पर्वका लागि केही दिन पहिलेदेखि नै तिल, चिउरा, मुरी (विशेष प्रकारको चामलबाट बनाइने भुजा) र जुनेलो (अन्न विशेष) लाई (सक्खरको खुँदो मिसाएर बनाइने लड्डु) बनाइने मैथिल परम्परा छ ।

    तिलासक्रायत पर्वमा तिल, चिउरा, जुनेलो र मुरीका लाई (लड्डु) बनाएर कूलदेवतालाई चढाई इष्टजनसँगै खाने, खुवाउने मैथिल परम्परा छ । यो परम्पराले अहिले पर्वविशेषमा चाहिने सामग्रीको बजार जमेको हो । खास पर्वले चिउरा र मुरीको मूल्यमा खासै फरक नआए पनि तिल र सक्खरको मूल्य भने आकाशिएको छ । यसअघि प्रतिकिलो रु १५० देखि २०० सम्म पाइने तिल अहिले जिल्लाका बजारमा रु ३५० सम्म र सक्खर प्रतिकिलो रु १०० सम्म पुगेको बजारु उपभोक्ताले बताएका छन् ।

    तिलासङ्क्रान्ति पर्व नजिकिँदै आउँदा सर्वसाधारण उपभोक्ता चर्को मूल्यमा पर्ने भए पनि महोत्तरीका तिल र उखु किसानले भने थोरै राहत महसुस गरेका छन् । जग्गामा तिल थोरै उत्पादन हुने हुँदा अहिले पाएको मूल्यले अन्य बालीसरह रकम प्राप्त हुनुले केही सन्तोष दिलाएको तिल उत्पादक किसान बताउँछन् । एक दशक पहिलेसम्म १०० हेक्टरसम्म क्षेत्रफलमा हुँदै आएको तिलखेती त्यसयता घट्दै गएर अब त कसैकसैले थोरै पाखो बारीमा मात्र लगाउने स्थितिमा पुगेको छ ।

    त्यसैगरी चिनी उद्योगले समयमा भुक्तानी नदिँदा दैनिक गर्जो टार्न सकस परेको बताउने उखु किसान पर्वलाई लक्षित गरी घरघरै उखु पेलेर मिठ्ठा (सक्खर) बनाउन व्यस्त छन् । उखुु किसान तिलासक्रायत पर्वमा मिठ्ठा (सक्खर)को माग र भाउ दुवै बढ्दा केही राहत भएको बताउँछन् । महोत्तरीसहितका मिथिला क्षेत्रमा तिलासक्रायत पर्वमा तिल, चिउरा र मुरीलाई सक्खरमा मुछेर बनाइएको लड्डु विवाहित छोरी, चेली र मित एवं अन्य आफन्तको घरमा ‘सनेस’ (कोसेली) पठाउने चलनले घरघरमै अहिलेदेखि नै लड्डु बनाउने काममा गृहिणीहरुको तल्लीनता बढेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.