Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्य पक्राउ

    मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्य पक्राउ

    गण्डकी खबरगण्डकी खबर२२ पुष २०७७, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-८ का २८ वर्षीय वसन्तकुमार गुरुङ, वडा नं ९ का २१ वर्षीय मेलोन सुनार, वडा नं ११ का १८ वर्षीय शिव विक र गोर्खाको भीमसेन थापा गाउँपालिका वडा नं ५ घर भई भरतपुर-८ बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

    उनीहरुलाई प्रहरीले चोरीका तीन थान पल्सर मोटरसाइकल र एक थान स्कुटरसहित पक्राउ गरेको हो । उनीहरु जिल्लाका विभिन्न ठाउँबाट पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले घरमा राखिएका सवारीसाधन चोरी गरेर नम्बर प्लेट फेरेर बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

    मोटरसाइकल चोरी गर्ने गिरोहका अन्य व्यक्ति अझै जिल्लामा रहेको भन्दै उहाँले उनीहरुको खोजी कार्य भइरहेको बताउनुभयो । पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २४२ को उपदफा २ बमोजिम तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना मागसहित अदालतमा मुद्दा दर्ता गरिएको गुरुङले जानकारी दिनुभयो ।

    ण्डगकी खबर ।  जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-८ का २८ वर्षीय वसन्तकुमार गुरुङ, वडा नं ९ का २१ वर्षीय मेलोन सुनार, वडा नं ११ का १८ वर्षीय शिव विक र गोर्खाको भीमसेन थापा गाउँपालिका वडा नं ५ घर भई भरतपुर-८ बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

    उनीहरुलाई प्रहरीले चोरीका तीन थान पल्सर मोटरसाइकल र एक थान स्कुटरसहित पक्राउ गरेको हो । उनीहरु जिल्लाका विभिन्न ठाउँबाट पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले घरमा राखिएका सवारीसाधन चोरी गरेर नम्बर प्लेट फेरेर बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

    मोटरसाइकल चोरी गर्ने गिरोहका अन्य व्यक्ति अझै जिल्लामा रहेको भन्दै उहाँले उनीहरुको खोजी कार्य भइरहेको बताउनुभयो । पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २४२ को उपदफा २ बमोजिम तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना मागसहित अदालतमा मुद्दा दर्ता गरिएको गुरुङले जानकारी दिनुभयो ।पोखरा न्यूज

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.