Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»खेलकुद»दमौलीमा अन्डर १४ फुटबल फेस्टिबल शुरु

    दमौलीमा अन्डर १४ फुटबल फेस्टिबल शुरु

    गण्डकी खबरगण्डकी खबर२५ पुष २०७७, शनिबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    फूटबल
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । व्यास ३ देउरालीनगरमा अन्डर १४ फुटबल प्रतियोगिता शुरु भएको छ । स्थानीय रिभरसाईड युवा क्लबको आयोजनामा शुरु फुटबलको व्यास नगरपालिकाका नगरसभा सदस्य एवं एन्फा तनहुँका उपाध्यक्ष रवीन पौडेलले उद्घाटन गर्नुभएको छ ।

    ‘लागु औषधमुक्त युवा समाज निर्माण’ नाराका साथ शुरु प्रतियोगिता देउरालीनगर खेल मैदानमा चल्नेछ । खेलको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले मादी तटमा बीच फुटबलको विकास गरी खेलकुद र पर्यटन संगसंगै लैजान राष्ट्रिय खेलाडीहरुलाई अनुरोध गर्नुभयो । उहाँले खेलाडीहरुको लागु औषधमुक्त युवा समाज निर्माण अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    रिभरसाईड युवा क्लबका प्रतियोगिता संयोजक एवं ए डिभिजन लिगका खेलाडी विश्व अधिकारीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा मनाङ्ग मस्र्याङ्गदी क्लबका खेलाडी बिमल राना, संकटा क्लबका दिपेश आले, अर्डर क्लब भण्डारढीकका प्रशिक्षक सुवास तामाङ, अलस्टारका प्रशिक्षक विकास श्रेष्ठ लगायतले फुटबलको विकासमा सवै एकसाथ लाग्नुपर्नेमा जोड दिएका थिए ।

    राष्ट्रिय स्तरका क्लबमा आवद्ध खेलाडीहरुले विगत एक वर्ष देखि प्रशिक्षण गराईरहेका तनहुँ र कास्कीका १० क्लबको फेस्टिबलमा सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल न्यु स्टार र हाइस्कुलटारबीच भएकामा न्यू स्टार १ गोलले विजयी भएको छ । पोखरा न्युज

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.