गण्डकीसमाचार

पोखरामा कोरोना संक्रमित महिलाको निधन

गण्डकी खबर । पोखरामा कोरोना संक्रमित एक महिलाको शनिबार बिहान निधन भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं १३ की ८३ वर्षीय वृद्धाको उपचारको क्रममा बिहान ६ः२१ बजे निधन भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उहाँलाई पुष १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा कोभिड न्युमोनिया, मधुमेह लगायतका समस्या रहेको पनि निर्देशनालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

गण्डकीमा शनिबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९६ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button