Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»अदालतलाई सडकबाट प्रभावित बनाउन खोजिदै छ-प्रधानमन्त्री ओली

    अदालतलाई सडकबाट प्रभावित बनाउन खोजिदै छ-प्रधानमन्त्री ओली

    गण्डकी खबरगण्डकी खबर२६ पुष २०७७, आईतवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ ।

    शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष बैशाख १७ गते र २७ गते नै निर्वाचन हुने बताउनुभएको हो । एकदिन पनि निर्वाचन तलमाथि नहुने भन्दै उहाँले कार्यकर्ताहरुलाई निर्वाचनको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले आफूलाई लोकतन्त्र मास्न लागेको आरोप लगाइएको भन्दै लोकतन्त्र जोगाउन जेलनेल भोगेर आएकाले निर्धारित मितिमै निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन संवैधानिक भएको जिकिर गर्नुभयो । सर्वोच्च अदालतलाई सडकबाट प्रभावित गराउन खोजिएको भन्दै उहाँले स्वतन्त्र न्यायपालिकाको कदर गर्नुपर्ने बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले देश र संविधान माथि संकट नपरी स्वार्थी तत्वहरुको स्वार्थमा संकट परेको टिप्पणी गर्नुभयो । उहाँले सरकारलाई काम गर्न नदिने, संविधानको कार्यान्वयन हुन नदिने, संवैधानिक आयोगहरुलाई पूर्णता दिन नचाहाने लगायतका विभिन्न अवरोधहरु सिर्जना गरिएका कारण देशमा बाँकी रहेको अवधिलाई खेर नफाल्न निर्वाचनमा जानुपर्छ भनि निर्वाचन घोषणा गरेको बताउनुभयो ।

    उहाँले चुनाव चिन्ह, पार्टीको लोगो लगायत पार्टीको आधिकारिकता अरुले दाबी गर्न नमिल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो पार्टीलाई मधेशविरोधी भनि हल्ला चलाएपनि तराई, मधेशको विकासमा दत्तचित्त भएर लागेको बताउनुभयो । तराईमा विकास निर्माणका काम धेरै भएको बताउँदै प्रधानमन्त्री ओलीले हिमाल, पहाड र तराई सबैतिर विकासको लहर ल्याई देशको विकास गर्ने उहाँको भनाई छ । पोखरा न्युज

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.