Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»टिकटक प्रतियोगितामा बाबु गुरुङ प्रथम

    टिकटक प्रतियोगितामा बाबु गुरुङ प्रथम

    गण्डकी खबरगण्डकी खबर२६ पुष २०७७, आईतवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

     गण्डकी खबर ।  पोखराको स्टार्स स्टुडियो प्रालिले आयोजना गरेको टिकटक प्रतियोगितामा स्याङजाकी बाबु गुरुङ प्रथम हुनुभएको छ । जसु गुरुङको आवाजमा रहेको गुरुङ गीत ‘पुषे १५’ मा टिकटक मार्फत प्रस्तुति राख्दै बाबु प्रथम हुनु भएको हो । जसु गुरुङले नै रचना गरेको यो गीतमा संगीत तेजेन्द्र गुरुङले भर्नुभएको हो । टिकटकमा कुल ३७ टिमवीच प्रतिष्पर्धा भएको थियो ।

    प्रतियोगितामा पोखराकी स्नेहा गुरुङ द्धितीय हुनुभएको छ । देवदह रुपन्देहीकी मञ्जु गुरुङ तृतीय हुनुभयो । तमुहरुको महान् पर्व लोसारको अवसरमा यो प्रतियोेगिताको आयोजना गरिएको स्टार्स स्टुडियोको प्रबन्ध निर्देशक जसु गुरुङले बताउनुभयो । ‘कोरोना कहरको यो समयमा समेत तमुहरुको संस्कार, संस्कृति र भेषभुषाको संरक्षण गर्ने हेतुले प्रतियोगीताको आयोजना गरिएको हो, यो प्रतियोगीताले तमुहरुको भाषा संस्कृति संरक्षणमा टेवा पुग्नेछ’ प्रबन्ध निर्देशक गुरुङले भन्नुभयो ।

    विजेतालाई तमु धी नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष श्रीजंग गुरुङ, सञ्चारकर्मी खिमा गुरुङ, समाजसेवी सरोज शाक्यले पुरस्कार वितरण गर्नुभयो । विजेतालाई आँधिखोला फेन्सी स्टोर्सका तर्फबाट भेषभुषा तथा समाजसेवी शाक्यको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै तमु धी नेपालका अध्यक्ष हुम बहादुर गुरुङले तमुहरुको कला संस्कृति र भेषभुषाको संरक्षणमा स्टार्स स्टुडियोले खेलेको भुमिकाको प्रंशसा गर्नुभयो । कोरोना महामारीको समयमा समेत तमुहरुको महान् पर्व लोसारलाई लक्षित गरेर गीत तयार पार्नु र नयाँ पुस्तामा तमुजातिको भाषा तथा संस्कृतिप्रतिको आर्कषण बढाउन प्रतियोगीता आयोजना गर्नु सराह्नीय कार्य भएको उहाँको भनार्ई थियो ।

    कार्यक्रममा वर्षा, अन्तिमा र विनिताले नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रतिमा गुरुङले गर्नुभएको थियो । टिकटकमा प्राप्त भिउजको आधारमा विजेताको छनोट गरिएको हो ।
    स्टार्स स्टुडियोले चौथो वार्षिक उत्सवको अवसरमा आयोजना गरेको खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ यतिबेला जारी छ । वार्षिक उत्सवकै अवसरमा यस अगाडि खुल्ला एकल कविता प्रतियोगिता भने सम्पन्न भइसकेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.