Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»राष्ट्रिय सभा अधिवेशन आजदेखि अन्त्य

    राष्ट्रिय सभा अधिवेशन आजदेखि अन्त्य

    गण्डकी खबरगण्डकी खबर२६ पुष २०७७, आईतवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    sf7df8f}F, @^ k';M /fli6«o;ef a}7sdf k|d cf]nL k|wfgdGqL s]kL zdf{ cf]nL ;+3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/ a;]sf] /fli6«o;efsf] a}7snfO{ ;Daf]wg ug{ /f]i6d hfg] qmddf . tl:a/M /f]zg ;fksf]6f÷/f;;
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । राष्ट्रिय सभाको सातौँ अधिवेशन अन्त्य भएको छ । पौष १७ गतेदेखि शुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशन आइतबारदेखि अन्त्य भएको हो ।

    आइतबारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालू अधिवेशन अन्त्यको लागि पठाएको पत्र पढेर सातौँ अधिवेशन आइतबार राति १२ बजेदेखि स्वत् अन्त्य हुने बताउनुभयो । पौष १७ देखि शुरु भएको अधिवेशन जम्मा दश दिन चालू भएर अन्त्य भएको हो ।

    यस अधिवेशनमा जम्मा ४ वटा बैठकहरु भएका छन् । सातौँ अधिवेशनमा संवैधानिक परिषद्, काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७७, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७७, औषधि तेस्रो संशोधन अध्यादेश २०७७, यौनिक हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ गरी ७ वटा अध्यादेश सभामा पेश भएका थिए ।

    अधिवेशन अवधिभरमा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा वक्तव्य दिनुभएको थियो भने राष्ट्रिय सभा अध्यक्षले जारी गर्नुभएको राष्ट्रिय सभाका समितिहरुको गठन सम्बन्धी आदेश २०७७ सर्वसम्मत् समितिबाट अनुमोदन भएको थियो । त्यसैगरी राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिमा मनोनीत गरिएको थियो भने मधेसी आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ र थारु आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ सभा समक्ष पेश भएको थियो ।
    दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६/०७७ र विधायन व्यवस्थापन समितिको विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७६/०७७ सभा समक्ष पेश भएका थिए ।

    सातौँ अधिवेशनमा प्रतिनिधि सभा सदस्यहरु सानु शिवा र सूर्यबहादुर केसी, राष्ट्रियसभाका पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, इन्द्रहाङ लिम्बु र राममान श्रेष्ठ, संविधान सभा सदस्यहरु भीमप्रसाद गौतम र मानपुर चौधरी, प्रतिनिधि सभाका पूर्वसदस्य ओमकार प्रसाद गौचन र वीरबहादुर लामा र २०६३/०६४ को अन्तरिम व्यवस्थापिका संसदको पूर्वसदस्य कमानसिंह लामाको निधनको शोक प्रस्तावहरु पारित गरिएका थिए ।पोखरा न्यूज

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.