गण्डकी खबर । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले भरुवा बन्दुक र त्यसको पाँच थान नाल सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ । चापाकोट नगरपालिका वडा नं ३ बस्ने ४७ वर्षीय गोपाल कामीलाई पौष २४ गते पक्राउ गरेको जानकारी दिएको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चापाकोटबाट गएको प्रहरी अधिकृतको सहितको टोलीले घर खानतलासी गर्दा एक थान बन्दुक र पाँच थान बन्दुकको नाल फेला परेको थियो ।
प्रहरीले बन्दुक सहित उनलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्दा दर्ता गरेको छ । यसबारेमा स्याङजा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको स्याङ्जा प्रहरीले जनाएको छ ।