Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»बागलुङमा ‘बुहारी स्वागत कार्यक्रम’

    बागलुङमा ‘बुहारी स्वागत कार्यक्रम’

    गण्डकी खबरगण्डकी खबर२७ पुष २०७७, सोमबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । बागलुङको बरेङ गाउँपालिकाले छोरीबुहारीलाई उच्च शिक्षा र बाल विवाहमुक्त स्थानीय सरकारको लक्ष्यमा टेवा दिन ‘बुहारी स्वागत कार्यक्रम’ शुरु गरेको छ । लक्षित वर्ग उत्थानअन्तर्गत सो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका सहायक महिला विकास निरीक्षक निशा गिरीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आइतबारदेखि गाउँपालिकाका सबै वडामा ‘बुहारी स्वागत कार्यक्रम’ लागू गरिएको छ । “गत वर्षको पुस २६ गते यता विवाह भएर आएका बुहारीमध्ये तोकिएको मापदण्ड पूरा गर्ने मात्र स्वागत तथा सम्मानका लागि छनोट हुन्छन्”, उहाँले भन्नुभयो ।

    गाउँपालिकाले बनाएको मापदण्डअनुसार सम्बन्धित वडाले ‘बुहारी स्वागत कार्यक्रम’ सञ्चालन गर्ने बताइएको छ । नवविवाहित बुहारीले स्वागत तथा सम्मान पाउन कम्तीमा ८ कक्षासम्म उत्र्तीण गरेको, स्थानीय पञ्जिकाधिकारीसमक्ष विवाह भएको ३५ दिनभित्र विवाह दर्ता भएको र दुलाहादुलही कम्तीमा सो गाउँपालिकाको फरक वडाको हुनुपर्ने प्रावधान राखिएको छ ।

    सम्बन्धित वडाको निर्णयअनुसार नवविवाहित बुहारी छनोट गरी प्रत्येक महिना एक समारोहको आयोजना गरी स्वागत तथा सम्मान गरिने भएको हो । उक्त कार्यक्रममा स्थानीय स्वास्थ्यचौकी, आमा समूह, क्लबका प्रतिनिधि र सेवा क्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकलाई अनिवार्य उपस्थित गराउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

    बुहारी उपहारमा नवविवाहित जोडीका लागि उपयोगी हुने पारिवारिक जीवनसँग सम्बन्धित पुस्तक, पारिवारिक योजना निर्माणका लागि चाहिने डायरी, कापी, कलम, स्वास्थ्य एवं सरसफाइसम्बन्धी सामग्री र सम्मान÷प्रशंसापत्र प्रदान गरिनेछ । नवविवाहित बुहारीलाई सामाजिकीकरण गराउन, सु–संस्कृत एवं सभ्य समाज निर्माणमा प्रेरित गर्न र आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य गराउन कार्यक्रमले मद्दत गर्ने विश्वास लिइएको छ ।

    यस्तै तोकिएको समयमा विवाह दर्ताका लागि प्रोत्साहित गर्नाका साथै व्यक्तिगत तथा पारिवारिक स्वास्थ्य तथा सरसफाइमा जोड दिन कार्यक्रमले सघाउने प्रमुख प्रशासकीय अधिकृत थापाको भनाइ छ । गाउँपालिकाले कोही पनि छोरीबुहारी पढाइबाट वञ्चित हुनु नपरोस् भनेर ‘गाउँपालिकाको इच्छा, छोरीबुहारीलाई उच्च शिक्षा’को सोचसहित विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘गाउँपालिकाको एउटै सन्देश, बाल विवामुक्त हाम्रो सरकार’को लक्ष्यलाई पनि सँगै अघि बढाइएको छ ।

    ‘उज्यालो बाल बचत’ कार्यक्रममाफत गाउँपालिकाले छोरी जन्मे २० वर्षसम्म मासिक रु एक सय बालिकाको खातामा जम्मा गरिदिन्छ । यस्तै छोरा जन्मेमा भने एकैपटक मात्र रु एक हजार उपलब्ध गराउने गरेको छ ।

    शिशुको आमाको विवाह गर्ने उमेर पुगेको, गर्भवती रहँदा नियमित स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराएको, स्वास्थ्य संस्थामा सुत्केरी भएको र शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएमा मात्र उज्यालो बाल बचत कार्यक्रममा सहभागी गराइन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.