Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»बेरोजगारी समस्या सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव

    बेरोजगारी समस्या सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव

    गण्डकी खबरगण्डकी खबर२७ पुष २०७७, सोमबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा बेरोजगारी समस्या सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भएको छ । बैठकमा बेरोजगारी समस्या सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य धनमाया लामा पोखरेलले कोरोना महामारीसँगै अधिकांश सर्वसाधारणको रोजगारी खोसिएको बताउनुभयो ।

    शिक्षा, पर्यटन, निर्माण, उद्योग, यातायातलगायत स्थानमा कोरोनाको प्रभावका कारण रोजगारी गुमाउनुपरेका सर्वसाधारणका लागि स्वरोजगार हुने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उहाँले श्रम बजारमा आउने लाखौँ नेपालीका लागि वैदेशिक रोजगारी रहर नभई बाध्यता भएको उल्लेख गर्नुभयो । संविधानले रोजगारीलाई मौलिक हकका रुपमा उल्लेख गरेकाले रोजगारी गुमेकै कारण सर्वसाधारणको दैनिकी सञ्चालनमा परेको प्रभावबारे गम्भीर बन्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

    राष्ट्रिय योजना आयोगको प्रतिवेदनअनुसार देशमा नौ लाख र विदेशमा तीन लाख नेपालीले रोजगारी गुमाएको उल्लेख गर्दै उहाँले कोरोना प्रभावित व्यवसाय बचाउन व्यवसाय जीवनरक्षा कोष स्थापना गरिए पनि त्यो कार्यान्वयनमा नआउँदा बेरोजगारी समस्या कम गर्न कठिनाइ भएको बताउनुभयो ।

    प्रस्तावको समर्थन गर्दै प्रदेशसभा सदस्य हरिशरण आचार्यले स्वरोजगार अभिवृद्धिका कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै त्यसका लागि बिना धितो ऋण दिनेलगायत विषयलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । कोरोनाका कारण धेरैको रोजीरोटी खोसिएको बताउँदै उहाँले पछिल्ला समयमा भित्रिरहेका प्रविधिसँगै धेरैको रोजगारी खोसिएको तर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

    अर्का सदस्य प्रकाशचन्द्र दवाडीले कोरोनाका कारण उद्योग, कलकारखाना बन्द हुनुका साथै बैदेशिक रोजगारीमा गएकाहरू बेरोजगार बन्दै फर्कनु परेको अवस्थाप्रति गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो । गण्डकी प्रदेशमा ६७ हजार ७०० ले विदेशमा रोजगारी गुमेर आएको बताउँदै उहाँले ती व्यक्तिका लागि रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सभासद मोहनप्रसाद रेग्मीले सरकारले कृषिलगायतका क्षेत्रमा स्वरोजगार अभिवृद्धिका कार्यक्रम ल्याई कार्यान्वयनमा लगेको बताउनुभयो । समृद्धि र विकासका लागि सरकारले अघि सारेका योजनाले गति लिंदै गरेका अवस्थामा देखिएको कोरोना प्रभावले अपेक्षित सफलता हासिल गर्न नसकिएको उहाँको भनाइ छ । बैठकमा सदस्यहरू इन्द्रलाल सापकोटा, विष्णुप्रसाद लामिछाने, पियारी थापा, मनबहादुर गुरुङ, मधु अधिकारी गुरुङ, डोबाटे विश्वकर्मा, सावित्रा राना, विनोद केसी, मीना गुरुङ र पुष्पा केसी भण्डारीले रोजगारमूलक कार्यक्रमका माध्यमबाट बेरोजगारीको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

    छलफलमा उठेका प्रश्नको जवाफमा सामाजिक विकासमन्त्री नरदेवी पुनले सरकारले स्वरोजगार अभिवृद्धिका लागि विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले कृषि, वन, मत्स्यपालन, खानी तथा उत्खननलगायत क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउँदै रोजगारी सिर्जनाका लागि सरकार लागेको छ भन्नुभयो । स्वरोजगार अभिवृद्धिकै लागि विभिन्न क्षेत्रमा अनुदान, कृषिको यान्त्रिकीकरण जस्ता विषयलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँको भनाइ छ । गरिबी निवारणलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको बताउँदै मन्त्री पुनले साना सिँचाइ, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम आदिले गरीबी निवारणमा योगदान गरेको उल्लेख गर्नुभयो । प्रदेशसभाको अर्को बैठक पुस २८ गते बिहान ११।०० बजे बस्नेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.