Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»चोरी भएका मोटरसाइकलसहित पक्राउ

    चोरी भएका मोटरसाइकलसहित पक्राउ

    गण्डकी खबरगण्डकी खबर२८ पुष २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । मोटरसाइकल चोरीमा संलग्न सात जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । झापाको बिर्तामोडलाई ‘सेल्टर’ बनाई कोठा भाडामा लिएर चोरीमा संलग्न गिरोहलाई नै प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । पक्राउ परेकाबाट १४ मोटरसाइकलसहित एक थान स्कुटर बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।

    पक्राउ पर्नेमा इलाम माई नगरपालिका–२ निवासी २२ वर्षीय क्षितिज भनिने रोशन तामाङ, सोही ठाउँका २० वर्षीय रोशन बुढाथोकी, माई नगरपालिका–६ निवासी ३० वर्षीय रोशन गिरी, सोही ठाउँ निवासी ३० वर्षीय राजेश गिरी, सोही ठाउँका २० वर्षीय मनिष गिरी, पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ बस्ने २१ वर्षीय रोशन भनिने २१ वर्षीय पासाङ तामाङ र ताप्लेजुङस्थित सिदिङवा गाउँपालिका–४ निवासी २२ वर्षीय सन्दीप लिम्बू रहेका छन् ।

    विभिन्न मितिमा हराएका मोटरसाइकलसहित उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको छ । प्रहरीका अनुसार केही दिनयता विर्तामोड तथा आसपासका क्षेत्रबाट दैनिक मोटरसाइकल चोरी भएको भन्दै उजुरी पर्ने गरेका थिए । त्यसपछि गिरोहको खोजीमा लागेको प्रहरी एक हप्तामा उनीहरूलाई पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.