गण्डकी खबर । स्वास्थ्य बिमा कार्यक्रम लमजुङमा पनि शुरु गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जिल्लाको सदरमुकाम बेसीसहरमा स्वास्थ्य बिमा सदस्यता वितरण शुरू गर्नु भएको हो ।
अब लमजुङबासीले बिमा गरी निश्चित स्वास्थ्य उपचारको खर्च निशुल्क पाउनेछन् । जिल्ला अस्पतालमा बिमितहरूको उपचार हुनेछ ।
मुख्यमन्त्री गुरुङका अनुसार जिल्लाका ७५ वडाका प्रतिनिधित्वबीच सुरू भएको स्वास्थ्य बिमा कार्यक्रम गाउँगाउँ पुग्ने अपेक्षा गरिएको छ ।