
गण्डकी खबर । बुधबार पोखराको लामाचौरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । गोरखा जिल्लाको शहिद लखन नगरपालिका वडा नं ६का ३२ वर्षीय सुरेश कोइराला आफू सुतेको कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृतक कोइराला पोखरा महानगरपालिका वडा नं १९ स्थित खेत भन्ने स्थानमा संचालित एक फर्निचर उद्योगमा काम गर्दथे । बुधबार विहान सवा नौबजेसम्म पनि उनी बस्ने कोठा भित्रबाट चुक्कुल लगाइ सुतेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरी टोलीले स्थानीय प्रतिनिधिको रोहवरमा ढोका फोरी हेर्दा खाटमा कोल्टे परि मृत अवस्थामा फेला परेको पनि प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिनु भएको छ । ब्लक उद्योग भित्र ब्लकले बनेको कोठामा मृत भेटिएको यो घटनाका बारेमा प्रहरीले थप अनुसन्धान पनि गरिरहेको रेग्मीको बताउनु भएको छ ।