गण्डकी खबर । गण्डकी प्रदेश सांसद आशा कोइरालाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरमा निर्माण सम्पन्न भएको खानेपानी योजनाको धारा खोलेर उद्घाटन गर्नु भएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु ३० लाख र शुक्लागण्डकी नगरपालिकाको रु दश लाख गरी रु ४० लाखमा सम्पन्न भएको योजनाबाट ६० घरमा धारा जडान गरिएको छ ।