
गण्डकी खबर । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा सुरक्षा कारबाहीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।
देशको इटुरी प्रान्तमा बुधबार राति अवेरदेखि बिहीबार बिहान सवेरैसम्म भएको घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका हुन् ।
एलाईड डेमोक्र्याटिक फोर्स (एडीएफ)मा आवद्ध विद्रोहीहरू मारिएको प्रान्तीय गृहमन्त्री अजीओ गिगीले बताउनुभयो ।
घटनामा परी एक महिला र दुई बर्षीय एक बच्चा मात्रै घाइते भएको जनाइएको छ । एडीएफ विद्रोही समूहले गत बर्षदेखि आफ्ना गतिविधिहरूलाई इटुरी र दक्षिण किभु प्रान्तमा विस्तार गरेको छ ।