Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»वैशाखमा निर्वाचन हुँदैन : नेता पौडेल

    वैशाखमा निर्वाचन हुँदैन : नेता पौडेल

    गण्डकी खबरगण्डकी खबर३ माघ २०७७, शनिबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने तर्क गर्नुभएको छ ।

    नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा आयोजना गरेको बृहतसभामा उहाँले वैशाखमा निर्वाचन नहुने दावी गर्नुभयो ।

    पौडेलले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेस नै निर्णायक हुने अवस्था आएको भन्दै निर्वाचन हुने भनेर ढुलमुले नीति लिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ ।” आगामी निर्वाचनमा बहुमत आउँछ भनेर नेकपाले चुनाव गर्न खोजेको नभई अर्काको लहैलहैमा संसद् विघटन हुन पुगेको उहाँको भनाइ थियो ।

    “संविधानको व्याख्या गर्ने न्यायलय छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो । संसद्मा कुनै अवरोध नभएको र पार्टीमा भएको झगडाले संसद् विघटन गरेर अस्थिरता निम्त्याउन खोजेको आरोप उहाँले लगानुभयो ।

    अदालतलाई आफूहरुले दवाव नदिएको बताउँदै उहाँले अदालतलाई संविधान हेरिदिनुस् भनेर अपिल गरेको दाबी गर्नुभयो । आफूहरु सडकमा आउन बाध्य भएको भन्दै उहाँले भन्नुभयो, “लोकतन्त्रको चीरहरण हँुदा कांग्रेस चुप लाग्दैन ।” संविधान जोगाएर मात्रै निर्वाचनमा जानु पर्ने भन्दै नेता पौडेलले भन्नुभयो, “जनताको मतलाई लात हानेर जनताको कुरा गर्न मिल्दैन ।”

    कार्यक्रममा कांग्रेस नेतृ डीला सङ्ग्रौलाले र चितवनका सभापति जीतनारायण श्रेष्ठले विगतका निर्वाचनमा अरुलाई भोट दिएर ठूलो गल्ती गरेको बताउनुभयो । उहाँले आगामी चुनावमा कांग्रेसले अन्य चुनाव चिह्नमा भोट नहाल्ने बताउनुभयो ।

    त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश आचार्यले संसद् विघटन हुनुमा प्रधानमन्त्रीसँगै प्रचण्ड र माधव नेपाल पनि दोषी रहेको बताउनुभयो । संसद् विघटनको दोष सिंगो नेकपाले लिनुपर्ने भन्दै उहाँले प्रम मात्र यसको भागिदार नभएको बताउनुभयो । उहाँले संसद् पुनःस्थापना नभएसम्म सङ्घर्ष जारी राख्ने बताउनुभयो ।

    सभा सुरु हुनुभन्दा पूर्वकांग्रेसले रत्ननगरमा विरोध ¥याली निकालेको थियो । नगर सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सह–सचिव सूर्य अर्याल, नगरसचिव सीतादेबी शर्मा रेग्मीलगायतले संसद पुनःस्थापना माग गर्नुभएको थियो । नेपाली कांग्रेसले आजै अन्य छ वटा पालिकामा पनि विरोधसभा गरेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.