Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»आगोले नै निभायो आगो

    आगोले नै निभायो आगो

    गण्डकी खबरगण्डकी खबर४ माघ २०७७, आईतवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  मनाङ् जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना ,सशत्र प्रहरीबल र नेपाल प्रहरीले डढेलो नियन्त्रण लिएका थिए । यसका लागि अग्नि रेखा तयर गरी आगो आउने क्षेत्रमा आगो लगाएर आगो नियन्त्रण गरिएको थियो ।

    प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो नियन्त्रणमा लिन जिल्लाका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिनुभयो ।

    हिमाली क्षेत्रमा बिरुवा उम्रन समय लाग्छ । उम्रिए जोगाउनै हम्मेहम्मे पर्ने जिल्लामा स्थानीयवासीले दुःख गरेर जोगाएका वनमा आगो लाग्न थालेको डेढमहिना भयो । स्थानीय खान्की नै बोकेर जङ्गल आगो निभाउन पसेका थिए ।

    पातलो बस्ती र सल्लाको वन रहेको नासो गाउँपालिका–८ ताचै गाउँको बस्तीतर्फ आगो फैलिएको थियो । आगोका कारण जिल्लाको आकाश धुवाँको मुस्लोले अझै ढाकेको छ । चामे गाउँपालिका–२ थानचोक पारी वनबाट गत मङ्सिर ११ गतेदेखि शुरु भएको आगो ताचैसम्म पुगेको थियो । त्रासैत्रासबीच स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । मानवबस्ती जोखिममा पर्ने अवस्था आएपछि मात्र प्रशासनले सक्रियता देखाएको थियो ।

    वडा नं ८ का वडाध्यक्ष हुपजङ्ग गुरुङ विपद्को समयमा प्रशासनले सहयोग नगर्दा पूरै बस्ती जोखिममा परेको बताउनुभयो । अहिले बस्ती सुरक्षित छ । “वन र वन्यजन्तु जोगाउन सकिएन ।”उहाँले भन्नुभयो । यस वडामा ६५ घरधुरीको चरान क्षेत्र मात्रै नभई घाँस दाउरा र जडीबुटी सङ्कलन क्षेत्रसमेत रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    घरबाटै अन्नपानी बोकेर स्थानीयवासी गत मङ्गलबारबाट आगलागी भएको क्षेत्रमै खाना पकाएर खाँदै आगो नियन्त्रणमा जुटेका थिए । यसअघि स्थानीयवासी मात्रले आगलागी नियन्त्रणको प्रयास गर्दै आएका थिए । मङ्गलबारबाट आगलागी नियन्त्रणमा स्थानीयवासीसँगै सुरक्षाकर्मी र प्रशासनका प्रतिनिधि पनि सहभागी बनेका थिए ।

    ‘फायर लाइन’ बनाएर नियन्त्रण

    आगो नियन्त्रणका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय र स्थानीयवासीको प्रयासमा ‘फायर लाइन’ बनाएर नियन्त्रणको प्रयास थालिएको थियो ।

    फायर लाइन निश्चित आगो थप फैलन नपाओस् भनेर निश्चित क्षेत्रमा आगो लगाएर आगो फैलन नदिने प्रविधि हो ।

    के हो अग्निरेखा

    आगोलाई नियन्त्रण गर्न निर्माण गरिने आगोको घेरालाई नै
    अग्नि रेखा भनिन्छ । यहाँ पनि सेना, सशत्र प्रहरी र स्थानीयवासीले आगो आएको ठाउँतिर करीव १०० मिटर वरबाट आगो अएको दिशा तर्फ आगो लगाएर आगो नियन्त्रण लिएका हुन् । यसरी अग्निरेखा निर्माण गर्दा दुबै तर्फको आगोको भेट हुने र बढी क्षेत्रमा फैलना नपाउने अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।

    उहाँले भौगोलिक जोखिम र स्रोत साधनको अभावमा तत्काल ‘फायर लाइन’को विकल्प नभएको बताउनुभयो । एक्यापको संरक्षकत्वमा रहेको जङ्गलको सात सय हेक्टर वन जलेर सखाप भएको छ । स्रोतसाधन अभाव र समयमा प्रशासनको बेवास्ताका कारण लामो समयदेखि आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीको गुनासो छ ।

    सशस्त्रको विपद् व्यवस्थापन टोलीको नेतृत्व गरिरहेका वरिष्ठ प्रहरी उपरीक्षक होमनाथ पन्थी यस क्षेत्रको आगलागी नियन्त्रण मानवीय स्रोतबाट मात्र सम्भव नरहेको हुनाले आवश्यक सामाग्रीको व्यवस्थापन हुनुपर्ने बताउनुभयो । मानव बस्तीदेखि घरपालुवा जनावरको सुरक्षा र आवश्यक चरण क्षेत्रको सुरक्षाका लागि तत्काल जोगाउन सफल भए पनि वन क्षेत्र भने जोकाउन नसक्नु भौगोलीक बिकटता र स्रोत साथानको अभाव भएको उहाँले जानकारी दिनुभयो ।

    जोगिएन वन

    भौगोलिक विकटता र प्रशासनको समयमा ध्यान नपुग्दा यस क्षेत्र अन्तर्गतका महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप हुने भएका छन् । यस क्षेत्र अन्तर्गत निरमसी, पाँच आंैले, जटामसी, कुट्कीलगायतका जडीबुटी डढेलोले सखाप पारेको छ । घोराल, झारल कस्तुरी मृगलगायत महत्वपूर्ण वन्यजन्तुको बास्थानसमेत हराएको छ । कति मरे र कती घाइते छन् भन्ने एकीन छैन । ठूलो परिणममा आगजानी हुँदा यस क्षेत्रका महत्पूर्ण जीवजन्तु लोपहुने अवस्था देखिएको संरक्षण क्षेत्रले जनाएको छ ।

    हाल आगो पूर्णरुपमा नियन्त्रण नभएसम्म अन्नपूर्ण संरक्षण क्षेत्रले हेरालु राखेको छ भने जिल्ला प्रसासनले दैनिक निगरानी राखेको प्रजिअ लामिछानेले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.