गण्डकीसमाचार

चोरी मुद्दामा ५८ वर्ष कैद सजाय तोकिएका श्रेष्ठ पक्राउ

गण्डकी खबर । चोरी मुद्दामा काठमाण्डौं जिल्ला अदालतले ५८ वर्ष कैद सजाय तोकेका फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखा काठमाण्डौंले पक्राउ गरेको छ ।

२०६३ सालमा अदालतले दोलखा जिल्लाको साविक भिमेश्वर न.पा. वडा नं. ८ (हाल वडा नं. ५) घर भएका दीपक श्रेष्ठलाई कैद सजाय तोकेको थियो । ४१ वर्षीय श्रेष्ठ १५ वर्ष देखि फरार थिए ।

नवराज न्यौपानेसहितका १० जनाको फरक फरक जाहेरी परेकोमा अदालतले २०६३ साल पुष २३ गते कैद सजायको फैसला गरेको थियो । उनलाई महाशाखाबाट खटिएको प्रहरीको विशेष टोलीले शनिवार काठमाण्डौंको बौद्धमा फेलापारी पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार फैसला कार्यान्वयको लागि काठमाण्डौं जिल्ला अदालतमा उनलाई उपस्थित गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button