Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»जडिबुटीका क्षेत्रमा लगानी बढाइने वातावरण मन्त्री आले

    जडिबुटीका क्षेत्रमा लगानी बढाइने वातावरण मन्त्री आले

    गण्डकी खबरगण्डकी खबर४ माघ २०७७, आईतवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशको आयस्रोत तथा नागरिकको आर्थिक स्थिति बढाउनका लागि जडिबुटीका क्षेत्रमा लगानी बढाइने बताउनुभएको छ ।

    आज जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको अवलोकनका क्रममा उहाँले नेपालमा उत्पादन हुने जडिबुटीहरुको सदुपयोग गर्न सरकार लागिपरेको बताउनुभयो ।
    उहाँले भन्नुभयो, “हाम्रै देशमा उत्पादन हुने जडिबुटी लगेर छिमेकी मुलुक धनी भइसकेका छन्, पतञ्जलीले मात्रै करोडौँ रकम कमाइसकेको छ । अब हाम्रा जडिबुटी नेपालमै प्रसोधन गरी यहाँका नागरिकको आयस्तर बढाउनु पर्छ ।”

    मन्त्री आलेले जडिबुटी उत्पादनको क्षेत्रमा सरकारले लगानी गर्ने भएकाले इच्छुक नागरिक, फर्म तथा कम्पनीहरुलाई निकै फाइदा पुग्ने बताउनुभयो ।
    सरकारी स्वामित्वको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई थप व्यवस्थित बनाउन मन्त्रालयले गृहकार्य अघि सारेको समेत जानकारी दिनुभयो । “अब एक घर एक जडिबुटी खेती भन्ने योजना अघि सारिने छ” उहाँले भन्नुभयो, “बेरोजगार युवालाई रोजगारी पनि हुने र आफ्नो आयस्तर पनि बढ्ने भएकाले अन्य खेती गर्नुभन्दा जडिबुटी खेती गर्नु राम्रो हुनेछ ।” यसैगरी जडिबुटी खेती गर्ने किसानलाई सरकारले अनुदानको समेत व्यवस्था गर्ने मन्त्री आलेले जानकारी दिनुभयो ।

    कम्पनीका महाप्रबन्धक ज्ञानेन्द्र कार्कीले कर्णाली प्रदेशको जाजरकोटमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिएको र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी निर्माणको सिलसिलामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कञ्चनपुरमा हाम्रो आफ्नै २० रोपनी जमीन छ, त्यसमा हामी उत्पादन तथा प्रशोधन केन्द्र निर्माण गर्दैछौँ, यसबाट त्यहाँका जडिबुटी खेती गर्ने किसानलाई फाइदा हुनेछ ।”

    उहाँका अनुसार कम्पनीसँग देशभरमा कुल ४३२.८ हेक्टर जमीन रहेको र ८०० बिघामा जडिबुटी खेती भइरहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.