
गण्डकी खबर । नेपालमा आइतबार थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ हजार ५ सय ८ जनाको पीसीआर गरिएकोमा १ सय ७५ जना पुरुष र ९१ जना महिला गरी जम्मा २ सय ६६ जनामा नतिजा पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप चार सय जना निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा २ सय २१ जना रहेका छन् भने ३ हजार ९ सय १९ जना आइसोलेसनमा रहेका छन् ।