Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»सेनाद्वारा विपन्न परिवारलाई कम्बल वितरण

    सेनाद्वारा विपन्न परिवारलाई कम्बल वितरण

    गण्डकी खबरगण्डकी खबर४ माघ २०७७, आईतवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

     गण्डकी खबर । नागरिक र सेनाबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यअनुरुप नेपाली सेनाले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८ र १९ स्थित बडरहवाका विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । नेपाली सेनाको श्री नं २८ बाहिनी अड्डाअन्तर्गत श्री चन्दननाथ गणको टोलीले आर्थिकरुपमा विपन्न मुसहर, पासवान, माझी समुदायका परिवारलाई राहतस्वरुप १५० वटा कम्बल वितरण गरेको हो ।

    स्थानीय सर्वसाधारण र बालबालिका प्राथमिक विद्यालयका विद्यार्थीले प्रयोग गर्ने गरी कम्बल वितरण गरिएको सेनाले जनाएको छ । राहत वितरण कार्यक्रममा श्री नं २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्का, श्री चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेलगायत स्थानीय निकायका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थिति थियो ।

    कार्यक्रममा श्री चन्दननाथ गणले कम्मलको व्यवस्थापन, जाडोमा उपस्थित स्थानीयलाई चिया बिस्कुटको व्यवस्थासमेत गरेको थियो । कार्यक्रममा बाहिनीपति खड्काले चिसोको कारण असहज जीवनयापन गरिरहेका विपन्न समुदायलाई राहत वितरण गरी सहयोग गर्न पाउँदा ज्यादै खुशी लागेको बताउनुभएको छ ।

    कम्बल पाएपश्चात स्थानीय विपन्न समुदायका मुसहर, पासवान, माझी समुदायका परिवारले खुशी हुँदै सेनालाई धन्यवाद दिएका थिए । कोरोना महामारीको विद्यमान असहज परिस्थितिमा पनि आफ्नै घर आँगनमा आएर नेपाली सेनाले राहत वितरण गरेकामा निकै खुशी लागेको उनीहरुको प्रतिक्रिया थियो ।

    चन्दननाथ गणले गत हप्ता पनि करैयामाई गाउँपालिकाको उमजनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरबाट ४५० स्थानीयले स्वास्थ्य सुविधा लिएका थिए । सेनाले विपद्जन्य परिस्थितिमा उद्धार एवं राहत वितरण जस्ता परोपकारी कार्यलगायत विभिन्न जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.