Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»खेलकुद»प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी

    प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी

    गण्डकी खबरगण्डकी खबर४ माघ २०७७, आईतवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

      गण्डकी खबर । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले नेपाल पुलिस क्लबलाई सात विकेटले तथा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले २९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनायो । जितका लागि ११२ रनको सामान्य लक्ष्य वाग्मतीले ३४ दशमलव चार ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । वाग्मतीका लागि उपकप्तान पृथु बास्कोटाले अविजित ४८ रन बनाउनुभयो । यस्तै इशान पाण्डेले अविजित १७, आदिल खानले १२ तथा पारस खड्काले १७ रन बनाउनुभयो । बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक एक विकेट लिनुभयो ।

    यसअघि ब्याटिङ गर्ने क्रममा पुलिसका लागि सुनिल धमलाले १७, आरिफ शेखले २१ र दीपेन्द्रसिंह ऐरीले २१ रन बनाउनुभयो । बलिङतर्फ वाग्मतीका नन्दन यादव र तिलकराज भण्डारीले चार चार तथा रामनरेश गिरीले दुई विकेट लिनुभयो ।

    यसैगरी मूलपानी क्रिकेट मैदानमा आजै सम्पन्न खेलमा आर्मीले लगातार दोस्रो जित निकालेको छ । आर्मीले कर्णालीलाई ८० रनले हरायो । जितका लागि १९६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३३ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनायो । कर्णालीका कप्तान रविन्द्रजङ्ग शाहीले सर्वाधिक ३०, हेमन्त ओलीले १६ तथा दीनेश अधिकारीले १२ रन बनाउनुभयो । बलिङतर्फ आर्मीका लागि सुशन भारीले चार, साहब आलमले तीन, रोहित पौडेलले दुई तथा हरि चौहानले एक विकेट लिनुभयो ।

    यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै आर्मीले ४३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको थियो । आर्मीका लागि अनिल मण्डलले ११४ बलमा १४ चौकासहित ८९ रन बनाउनुभयो । यस्तै कप्तान विनोद भण्डारीले ५५ बलमा तीन चौका र एक छक्कासहित ४१, रोहित पौडेलले ११, लोकेश बमले १३ र राजेश पुलामीले १६ रन बनाउनुभयो । बलिङतर्फ कर्णालीका दिवान पुन, राज शाह र दिनेश अधिकारीले दुई दुई तथा रविन्द्रजङ्ग शाही, अनुज चुनरा र युनिस सिंहले एक एक विकेट लिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.