Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»सरकारले बजार मूल्य वृद्धि नियन्त्रण गर्छ

    सरकारले बजार मूल्य वृद्धि नियन्त्रण गर्छ

    गण्डकी खबरगण्डकी खबर४ माघ २०७७, आईतवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विभिन्न नाममा हुने गरेका मूल्यवृद्धि नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

    गण्डकी प्रदेशसभाको विशेष बैठकमा उठेका एवम् सञ्चारमाध्यममा प्रकाशित सूचनाका आधारमा आज पोखराका खाद्यान्न तथा निर्माण सामग्रीका ठूला पसलको अनुगमनका क्रममा उहाँले जथाभावी रुपमा मूल्यवृद्धि गर्नेलाई कारबाही गरिने बताउनुभयो ।

    “व्यापारीले होलसेल नाफा मूल्य सूचीभन्दा बढी रकममा बिक्री वितरण गरेमा कडाभन्दा कडा कारबाही गरिनेछ”, उहाँले भन्नुभयो, “बजारमा तोकिएको तौल र गुणस्तरमा कुनै पनि सम्झौता हुने छैन ।” उहाँले सरोकारवाला कार्यालयले बजार अनुगमनलाई तीव्रता दिँदै सरकारकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    टोलीले पोखरा महानगरपालिका–५ मालेपाटनस्थित आदर्श स्टोर्स, नारायणी आयत रिफाइन उद्योग र नमस्ते हाइवयर एन्ड सप्लायर्स र पोखरा–८ स्थित केएल, दुगर्ड ग्रुपको वितरण केन्द्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा नापतौलको प्रमाणपत्र प्रयोगशालामा नपाइएको र अनुमति नलीईकन ८० किलोको यन्त्र प्रयोगस्थलमा पाइएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक तथा टोली संयोजक नारायण आचार्यले जानकारी दिनुभयो ।

    अनुगमनका क्रममा देखिएका पसल सञ्चालकलाई तीन दिनभित्र सामग्रीसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बताउँदै उहाँले सरोकारवाला कार्यालयको संयुक्त टोलीले आवश्यकताअनुसार अनुगमलाई तीव्रता दिँदै आएको उल्लेख गर्नुभयो । टोलीमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले छिमेकी मुलुक भारतको किसान आन्दोलनका कारण कतिपय कच्चापदार्थ आयात हुन नसक्दा खाने तेल बजारमा अभाव हुनाका साथै मूल्यवृद्धि भएको हुँदा आवश्यक कच्चपदार्थ मुलुकभित्रै उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.