Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»घर भत्किएर विचल्ली परेका खत्री दम्पतीलाई चन्दा उठाएर नयाँ घर

    घर भत्किएर विचल्ली परेका खत्री दम्पतीलाई चन्दा उठाएर नयाँ घर

    गण्डकी खबरगण्डकी खबर५ माघ २०७७, सोमबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । भारी वर्षाका कारण घर भत्किएपछि विचल्नीमा परेका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७३ वर्षीय मानबहादुर खत्री र उहाँकी ७१ वर्षीया श्रीमती छलिमायाँ खत्रीका लागि स्थानीय बासिन्दाले चन्दा उठाएरै नयाँ घर निर्माण गरिदिएका छन् । गत असार ३२ गते राति परेको भारी वर्षाका कारण घर भत्किएपछि विचल्लीमा परेका खत्री दम्पत्तीको घर पुनःनिर्माणका लागि आफन्त तथा शुभेच्छुकले चन्दा सङ्कलन गरेर दुईतले नयाँ घर निर्माण गरिदिएका हुन् ।

    स्थानीय अभियानकर्मी थिरेन्द्र भट्टराई, बमबहादुर खत्री र सन्तोष केसीको पहलमा चन्दा सङ्कलन अभियान सञ्चालन गरेर प्राकृतिक प्रकोप पीडित खत्री दम्पतीलाई भूकम्प प्रतिरोधक नयाँ घर निर्माण गरिदिएको जनाइएको छ । अभियानका क्रममा खत्री दम्पतीको घर पुनः नर्माणका लागि स्वदेश तथा विदेशबाट रु तीन लाख ६० हजार ८६२ सङ्कलन भएको थियो ।

    घर निर्माणका लागि सङ्कलन भएकामध्ये रु तीन लाख २१ हजार ७०८ मै खत्री दम्पतीको नयाँ घर ठडिएको अभियानकर्मी भट्टराईले बताउनुभएको छ । घर भत्किएपछि आवासविहीन बनेर अरुको घरमा बस्दै आएका खत्री दम्पती स्थानीय बासिन्दाले बनाइदिएका नयाँ घरमा हिन्दू परम्पराअनुसार भित्रिएका छन् ।

    स्थानीय बासिन्दाले वर्षा याममा पहिरोले बस्नै नमिल्ने अवस्थामा पुगेको खत्री दम्पतीको घरको सट्टा भूकम्प पुनःनिर्माण प्राधिकरणको शैलीमा नयाँ घर निर्माण गरिदिएका छन् । एक मात्र छोरीले विवाह गरेपछि घरमा वृद्ध दम्पती मात्र बसिरहेका छन् ।

    खत्री दम्पतीको दयनीय अवस्था देखेर आफन्तले घर पुनःनिर्माणका लागि स्वदेश तथा विदेशमा सहयोग अभियान सञ्चालन गरेका थिए । पहिरो पीडित दम्पतीको घर पुनःनिर्माणका लागि साकेला गाउँपालिकाले पनि रु १५ हजार आर्थिक सहयोग गरेको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो ।

    अभियानमा हाल यूकेमा रहनुभएकी समाजसेवी ईशा गुरुङले तीज मनाउने खर्च कटाएर वृद्धवृद्धाको घर बनाउन रु २० हजार, दाहाल बन्धुले सञ्चालन गरेको अभियानबाट रु २० हजार, संयुक्त आवाज परिवर्तन समाज नेपालले रु १७ हजार १५५, दाहाल प्रतिष्ठान शाखा खोटाङले रु १० हजार र दाहाल प्रतिष्ठान प्रारम्भिक समिति निर्मलीडाँडाले रु आठ हजार सहयोग गरेको थियो । स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर नयाँ घर निर्माण गरिदिएपछि खत्री दम्पती हर्षित बनेका छन् ।

    खत्री दम्पतीको घर निर्माण गरेपछि बाँकी रहेको रकम साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँकै ब्रेनहेमरेज पीडित जीतेन्द्रप्रसाद खत्रीलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । घर पुनः निर्माणका क्रममा बाँकी रहेको रु ३९ हजार १५४ मा अन्य रकम थप गरेर ब्रेनहेमरेज पीडित खत्रीलाई उपचार सहयोगस्वरुप प्रदान गर्ने तयारी गरिएको अभियानकर्मी भट्टराईले बताउनुभयो ।

    ब्रेनहेमरेज पीडित खत्रीको विगत पाँच महिना अगाडिदेखि काठमाडौँस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । कमजोर आर्थिक अवस्थाका पीडित खत्रीको उपचारमा आर्थिक अभाव भएपछि थप उपचारमा समस्या भएको आफन्तले बताएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.