Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»खेलकुद»प्रधानमन्त्री कप क्रिकेट ः गण्डकीद्वारा कर्णालीसामु २०५ रनको लक्ष्य

    प्रधानमन्त्री कप क्रिकेट ः गण्डकीद्वारा कर्णालीसामु २०५ रनको लक्ष्य

    गण्डकी खबरगण्डकी खबर६ माघ २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । चांैथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टस जितेर ब्याटिङ गर्दै गण्डकीले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २०४ रन बनायो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ६४ बल खेल्दै तीन छक्का र ६ चौका हान्नुभयो । यस्तै अर्जुन कुमालले ४६, विपीन खत्रीले ३२, विशाल पौडेलले १५ तथा दिनेश बुढामगरले १० रन बनाउनुभयो ।

    बलिङतर्फ कर्णालीका लागि दिनेश अधिकारीले ३, अनुज चुनारा र दिवान पुनले दुई÷दुई तथा रवीन्द्र शाहीले एक विकेट लिनुभयो । अहिले कर्णालीले ब्याटिङ गरिरहेको छ ।

    यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र प्रदेश नं २ बीच खेल भइरहेको छ । लुम्बिनीले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाउँदै २५७ रन बनायो । उसका लागि सन्दीप रिजालले ८३, सौरभ खनालले ५६, विक्रम भुसालले ३६, सन्दीप सुनारले ११, अमित तामाङले ११ तथा कृष्ण कार्कीले १० रन बनाउनुभयो ।

    बलिङतर्फ प्रदेश नं २ का लागि हरिशङ्कर शाहले तीन, दिब्याङशु मल्लिकले दुई तथा शैफुल्लाह अन्सारी, कुमार थापा र विशाल सुश्लिङले एक एक विकेट लिनुभयो ।

    अहिले प्रदेश नं २ ले २५८ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी प्रदेशविरुद्ध ब्याटिङ गरिरहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.