Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»दिक्तेल–काठमाडौँ फोटन माइक्रो भ्यान सेवा शुरु

    दिक्तेल–काठमाडौँ फोटन माइक्रो भ्यान सेवा शुरु

    गण्डकी खबरगण्डकी खबर६ माघ २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  भोजपुर यातायात प्रालिले दिक्तेल–काठमाडौँ फोटन माइक्रो भ्यान सेवा शुरु गरेको छ ।

    बस तथा जीप सेवा प्रदान गर्दै आएको यातायात प्रालिले आज दिक्तेल बजारस्थित होटल शुभदिनमा औपचारिक कार्यक्रम गरेर दिक्तेल–काडमाडौँ फोटन माइक्रो भ्यान सेवा शुरु गरेको हो ।

    सर्वसाधारणलाई सुलभ र भरपर्दो यातायात सेवा दिन खोटाङमा पहिलो पटक १९ सिटको सुपर फोटन माइक्रो भ्यान सेवा सञ्चालन गरिएको प्रालिका अध्यक्ष आइतलक्ष्मी राईले बताउनुभयो । “पहिलो चरणमा फुडन कम्पनीका दश वटा सुपर फोटन माइक्रो भ्यान सेवा सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “स्वच्छ प्रतिस्पर्धालाई आत्मसाथ गर्दै आम यात्रुलाई गुणस्तरीय सेवा दिन हामी प्रतिबद्ध छौँ ।”

    सुपर फोटन माइक्रो भ्यान सवारी साधानमा हिटर, कुलरसँगै जीपिएल सिष्टम, एलसिडी मनिटरलगायतका सुविधा रहेको यातायात प्रालिका अध्यक्ष राईले जानकारी दिनुभयो । माघ ७ गते अर्थात भोलिदेखि दिक्तेलबाट दैनिक बिहान ६ बजे र काठमाडौँबाट पनि बिहान ६ बजे फोटन माइक्रो भ्यान छुट्ने जनाइएको छ ।

    दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा प्रतिव्यक्ति रु एक हजार ६०० निर्धारण गरिएको जनाइएको छ । दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा जिल्ला प्रशासन कार्यालयमार्फत प्रतिव्यक्ति जीपमा रु एक हजार ४५० र बसमा रु एक हजार २०० निर्धारण गरिएको छ ।

    भौगोलिक चुनौती रहेको भए पनि यात्रुहरुलाई प्रभावकारी सेवा दिन नयाँ रणनीतिक योजनाका साथ अघि बढ्ने प्रालिले कार्ययोजना बनाइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । जिल्लामा पहिलो पटक सञ्चालनमा ल्याइएको फोटन माइक्रो भ्यान सेवा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले रिबन काटेर औपचारिक रूपमा उद्घाटन गर्नुभयो ।

    सो अवसरमा उहाँले माइक्रो भ्यान सेवा सञ्चालनमा नगरपालिकाको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगमा कुनै कमी नहुने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायमा प्रमुख तथा यातायात व्यवसायीको उपस्थिति रहेको थियो ।

    दश स्थानीय तह रहेको जिल्लामा दर्जनभन्दा बढी यातायात प्रालिद्वारा सञ्चालित सयौँको सङ्ख्यामा बस तथा जीप सेवा सञ्चालनमा छन् । मध्यपहाडी लोकमार्गले छोएको खोटाङ जिल्लाबाट राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लासँग सिधा यातायात सेवा जोडिएको छ ।

    मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडक कालोपत्रको काम भर्खरै मात्र सम्पन्न भएर सञ्चालनमा आएको जिल्लामा पछिल्लो समय यातायात व्यवसायीबीच कडा प्रतिस्पर्धा भएको छ । यातायात व्यवसायीबीच एक अर्कामा प्रतिस्पर्धा हुँदा यात्रा गर्ने सर्वसाधारणलाई भने सहज भएको पाइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.