गण्डकीसमाचार

नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । नेपालमा सोमबार थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ४ हजार ९ सय ५६ जनाको पीसीआर गरिएकोमा २ सय १९ जना पुरुष र १ सय २९ जना महिला गरी जम्मा ३ सय ४८ जनामा नतिजा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय ४१ निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा १ सय ९० जना रहेका छन् भने ३ हजार ८ सय ६१ जना आइसोलेसनमा रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button