Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»खेलकुद»प्रधानमन्त्री कप क्रिकेट ः कर्णाली र लुम्बिनी विजयी

    प्रधानमन्त्री कप क्रिकेट ः कर्णाली र लुम्बिनी विजयी

    गण्डकी खबरगण्डकी खबर६ माघ २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । कर्णालीले गण्डकी प्रदेशलाई पाँच विकेटले तथा लुम्बिनीले प्रदेश–२ लाई ७७ रनले पराजित गरेको छ ।

    मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले दिएको २०५ रनको लक्ष्य कर्णालीले ३६ दशमलव पाँच ओभरमा भेट्टायो । उसका लागि हिमांशु शाहीले ६८, विपीन रावलले ४९, हेमन्त ओलीले २९ तथा राज शाहले ३२ रन बनाउनुभयो ।

    बलिङतर्फ गण्डकीका विपीन खत्रीले चार तथा सुवास भण्डारीले एक विकेट लिनुभयो । यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो । उसका लागि अर्जुन कुमालले ४६, राहुल उपाध्यायले ५३, कप्तान विपीन खत्रीले ३२, दिनेश बुढामगरले १० तथा विशाल पौडेलले १५ रनको योगदान दिनुभयो । बलिङतर्फ कर्णालीका लागि दिनेश अधिकारीले तीन, अनुज चुनारा र दिवान पुनले दुई÷दुई तथा रविन्द्र शाहीले एक विकेट लिनुभयो ।

    यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बिनीले ५० ओभरमा नौ विकेट गुमाएर २५७ रन बनायो । लुम्बिनीका लागि सन्दीप रजाइलीले सर्वाधिक ८३ रन बनाउनुभयो । यस्तै सौरभ खनालले ५६, विक्रम भुषालले ३६, सन्दीप सुनारले ११ तथा कृष्ण कार्कीले १० रन बनाउनुभयो ।

    बलिङतर्फ प्रदेश–२ का हरिशंकर शाहले तीन तथा दिव्यांशु मल्लिकले दुई विकेट लिनुभयो । २५८ रनको लक्ष्य पछ्याएको प्रदेश–२ ले ४२ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनायो । प्रदेश–२ का लागि सुधीर चौधरीले ४२, हरिशङ्कर साहले २२, मेहबुब आलमले ३१ तथा विवेक यादवले ५१ रन बनाउनुभएको थियो । बलिङतर्फ लुम्बिनीका अनिल खरेलले चार, दीपेन्द्र रावतले दुई तथा कृष्ण कार्की, अमित तामाङ र विक्रम भुषालले एक एक विकेट लिनुभयो ।

    तेह्रौँ सागका सबै समिति विघटन

    गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि गठित विभिन्न समिति विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकूदमन्त्री दावा तामाङको अध्यक्षतामा बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो ।

    तेह्रौँ साग आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ को परिच्छेद–३ को दफा १०, ११, १२, १४, १५ र १६ अनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समिति, स्थानीय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३औँ साग कार्यकारी समितिको सचिवालय सोमबारदेखि विघटन गर्ने निर्णय गरिएको हो ।

    बैठकले १३औँ सागको सफलताका लागि सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, नेपाल सरकार मन्त्रिपरिषद् तथा युवा तथा खेलकूद, अर्थ, गृह, रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं २ लगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई आयोजक समितिका तर्फबाट धन्यवाद ज्ञापन गरिएको राखेप प्रचारप्रसार शाखाले जनाएको छ । कूल २६ खेल समावेश १३औँ साग २०७६ मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन भएको थियो । नेपालले १३औँ सा

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.